3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

भुइँखाटमाथि अन्तरसंवाद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ११, २०७४  

कोहलपुर,११ चैत/   हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार नेपालगंजमा कथाकार महेश विक्रम शाहको कथाकृति भुइँखाटको अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा बोल्दै वरिष्ठ कथाकार सनत रेग्मीले महेश विक्रम शाहको कथाकारिता माथि पाठकिय दृष्टिकोण प्रस्तुत गर्दै, नेपाली कथाकारितामा भुइँखाट उत्कृष्ट कृतिको रुपमा स्थापित हुने कुरा बताए ।

कथा कृति माथि समालोचना गर्दै पुष्कर रिजालले शाहको सातौं कथा कृतिका रुपमा प्रकाशित भुइँखाटमा नेपाली परिवेशका साथसाथै विदेशी पृष्ठभूमिका कथाहरु रहेको बताए ।

जातिय युद्धका कारण विस्थापित एवम् शरणार्थी बन्न पुगेका विभिन्न नागरिकका कथावस्तुलाई टपक्कै टिपेर यथार्थको कसीमा घोट्दै नेपाली समाजको ढुकढुकी छाम्न सक्ने कथाकारको खुबी रहेको व्यक्त गरे ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले निकै लामो समयदेखि पूर्णिमाले आख्यानका विभिन्न कार्यक्रमहरु गर्दै आएको स्मरण गर्दै आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए ।

कथाकार महेश विक्रम शाहले आपूmले सामाजिक धरातलमा टेकेर मात्र कथा लेख्ने गरेकोले आपूm स्थापित हुन सकेको बताए । संवाद कार्यक्रममा विभिन्न पाठकहरुले उठाएका प्रश्नहरुको उत्तर दिंदै शाहले कथासंग्रह भुइँखाटबाट आपूm सन्तुष्ट रहेको बताए ।

अन्तरसंवाद कार्यक्रमको सहजिकरण लेखक तथा पूर्णिमाका सल्लाहकार सागर गैरेले गरेका थिए । कार्यक्रममा साहित्यकार हरिप्रसाद तिमिल्सेना, सुमित्रा न्यौपाने, मणि अर्याल, इन्द्र भण्डारी, भरत रानाभाट, पुष्पमणि प्रधान, सरकारी कार्यालयका उच्च पदस्थ कर्मचारीहरु लगायत २०० जना बढीको उपस्थिति रहेको संस्थाका अध्यक्ष ढकालले बताए ।

प्रकाशित मितिः आइतवार, चैत्र ११, २०७४     7:18:09 AM  |