1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

नेपालगन्ज क्रिकेट कप वैशाख पहिलो साता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ८, २०७४  

टिम अक्सनबाट तयार गरिने

मिसन समाचारदाता, चैत, ८/कोहलपुर÷क्रिकेटमा पृथक पहिचान बनाएको बाँके जिल्लामा पहिलोपटक फरक किसिमले क्रिकेट प्रतियोगिता हुने भएका
छ । ग्रीन इभेन्टो प्रालिले पहिलो पटक अक्सनमार्फत क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । बैशाख ३ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमलाई सहभागि गराइने आयोजकले जनाएको छ । टिम खरिद बढाबढ मुल्यका आधारमा तय गरिने आयोजकले जनाएको छ । स्वास्थ्य युवाका लागि, युवा राष्ट्रका लागि’ मुल नाराका साथ ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिता टी–२० फम्र्याटमा हुने ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले बुधवार पत्रकार भेटघाटमा जानकारी दिए ।
‘यस प्रदेश तथा अन्य ठाउँमा रहेका खेलाडीमध्येबाट छनोट समितिले प्रारम्भमा ९० खेलाडी छनोट गर्नेछ ।’ रफीले भने –‘उनीहरुबाट ६ टिम तयार गरिनेछ र खरिदका लागि व्यवस्था मिलाइनेछ ।’ हरेक टिमको सुरुवाती मुल्य ५० हजार तोकिएको उनले जानकारी दिए ।
प्रतियोगिताको कुल लागत २८ लाख ८५ हजार ७ सय ५० रुपैयाँ रहेको छ । विजेता टिमलाई एक लाख १० हजार, उपविजेतालाई ६० हजार नगद पुरस्कारले पुरस्कृत गरिनेछ । अन्य विधागत पुरस्कार समेत नगद व्यवस्था गरिएको जनाउँदै कुल नगद पुरस्कार दुई लाख विनियोजन गरिएको आयोजकले जनाएको
छ । बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहने यस प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरिरहेको छ । क्रियटिभ ह्याण्ड्स रणनीतिक पार्टनरका रुपमा रहेको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र ८, २०७४     11:38:13 AM  |