कोहलपुर,५ चैत/ बाँकेकी आरती पौडेल प्रदेश नम्बर ५ को भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री बनेकी छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलद्वारा सोमबार बिस्तारित मन्त्री परिषद्मा बाँके क्षेत्र नम्बर १ ख बाट निर्वाचित सांसद पौडेल मन्त्री बनेकी हुन् ।
यसअघि ३ सदस्यीमात्रै रहेकोमा सोमबार ३ जना मन्त्री थपिए मन्त्री परिषद्ले पूर्णता पाएको हो । आइतबार सुदर्शन बरालले सामाजिक विकास मन्त्रालय, लिला गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ लिएका हुन् ।
थपिएकामध्ये बराल नेकपा माओवादी केन्द्रका हुन् भने गिरी र पौडेल नेकपा एमालेका हुन् । पौडेल बाँके १ ख बाट निर्वाचित भएकी हुन् भने बराल गुल्मी १ क बाट, गिरी रुपन्देही २ क बाट निर्वाचित भएका हुन् ।
फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले सोही दिन नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी र एमाले बैजनाथ चौधरीलाई समावेश गरी ३ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।
को हुन आरती पौडेल ?
२०२७ साल कात्र्तिक, मैनापोखर बर्दियामा जन्मिएकी आरती पौडेलले २०४१ सालदेखि त्रिभुवन उच्च माध्यामिक बिद्यालय कोहलपुरमा अनेरास्ववियुको संगठित भई बामपन्थी आन्दोलनमा प्रवेश गरेकी हुन । त्यसपछि सामाजिक, शैक्षिक सेवाका साथै नेकपा एमालेको राजनीतिमा उनी निरन्तर सक्रिय रहिन । उनी अनेमसंघको क्षेत्रदेखि प्रदेशसम्मको बिभिन्न पदमा रही काम गरिन । उनी लद्यु बित्त तथा शिक्षा क्षेत्रमा समेत आवद्ध भई यसको विकासमा लाग्दै आएकी छन् । कोहलपुर क्षेत्रको शैक्षिक बिकासमा उनको महत्वपुर्ण भुमिका रहेको छ । उनी प्देश सभामा प्रत्यक्ष चुनाव जित्ने नेकपा एमालेको तर्फबाट एक मात्र महिला हुन ।