गजलकार निरौलाको ‘उद्घोष’ विमोचन गरिदै



कोहलपुर,२६ फागुन/  पछिल्लो समयकी चर्चित र समधुर स्वरकी धनी गजलकार देवकी निरौलाको गजल संग्रह ‘उद्घोष’ को आज एक कार्यक्रमका विच विमोचन गरिदै छ ।

गजल संग्रहको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा एक कार्यक्रमका बीच विमोचन गर्न लागिएको हो ।

विमोचन कार्यक्रम कोहलपुर चप्परगौडीस्थित होटल वेस्टर्न रिभर साइडमा बिहान साढे ११ हुने प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले जानकारी दिए ।

साथै कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण साहित्यकार, साहित्यप्रेमी शिक्षाप्रेमी, सञ्चारकर्मी लगायत सम्वन्धित सबैमा आमन्त्रण गरिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २६ गते शनिबार