13 June 2024  |   शुक्रबार, असार १, २०८१

ब्रिज इन्टरनेशनल स्कुलको सातौं वार्षिक उत्सव सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४  

कोहलपुर,२६ फागुन/  बाँकेको कोहलपुर नगरपालिका —५ स्थित ब्रिज ईन्टरनेशल विद्यालयको ७ औं वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ ।

वार्षिक उत्सवको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी रावतले निजी तथा सरकारी विद्यालयहरुले सैद्धान्तिक शिक्षा सगै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले विद्यालयले शैक्षिक गतिविधि सगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए ।

वार्षिक उत्सवमा विद्यालयका विद्यार्थीहरुले आफैले निमार्ण गरेका थुप्रै सामाग्री प्रर्दशनी गर्नुका साथै नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु प्रर्दशन गरेका थिए ।

साथै वार्षिक उत्सवमा वर्षभरीमा संञ्चालन भएका अतिरिक्त क्रियाकलाप तथा शैक्षिक स्तरमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मी, नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण गौडेल, अभिभावक,शिक्षिक,विद्यार्थी संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय संञ्चालक समितिका लिल बहादुर रानाको सभापत्विमा सम्पन्न भएको थियो

प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४     7:34:07 AM  |