रावन बिश्वकर्मा : बर्दिया,२६ फागुन/ रिभल्बर पेस्तोल सहित बर्दियामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–९ कतर्निया निवासी ३९ बर्षिया देबीराम रिमाल रहेको प्रहरीले जनाएको छ ।
गोप्य सुचनाको आधारमा उनको घरमा प्रहरीले छापा मार्दा लुकाई छिपाई राखिएको अवस्थामा रिभल्बर पेस्तोल सहित उनलाई पक्राउ गरिएको हो ।
रिमालको घरमा चेक जाँच गर्दा भान्सा कोठामा कालो पलाष्टिकमा बेरेर लुकाई छिपाई खाल्डो खनि राखिएको अवस्थामा पेस्तोल फेला पारिएको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले बताए ।
पक्राउ परेका अभियुक्त रिमाललाई हात हतियार खरखजाना ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरी निरिक्षक डम्बर पालले जनाए ।
हात हतियार खरखजाना ऐन २०१९ अनुसार न्युनतम ३ वर्ष देखि ७ वर्ष जेल ६० हजार देखि १ लाख ४० हजार जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।









प्रतिक्रिया दिनुहोस्