19 June 2024  |   बिहिबार, असार ७, २०८१

अन्तर्राष्ट्रिय नारी दिवस बाँकेमा विविध कार्यक्रम गरी मनाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४  

कोहलपुर,२४ फाुगन/   १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस बाँकेमा विविध कार्यक्रमको आयोजना गरी बिहीबार मनाईएको छ । नारी दिवसका अवसरमा कोहलपुर नगरपालिकाले प्रभातफेरी निकालेको थियो । कोहलपुरको चौराहबाट सुरु भई न्यूरोड उज्यालो बजार हुँदै साझा चोकबाट पुनः चौराहामा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै बाँके क्षेत्र नं १ ख की प्रदेश सभा सदस्य आरती पौडेलले महिलाहरुको हरेक कुरामा समान पहुँच हुन सकेमा मात्र समाजको समुचित विकास हुने बताइन् । त्यस्तै कार्यक्रमका विशिष्ट अथिति कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले महिलाहरुको समग्र विकासका लागि कोहलपुर नगर सरकारले महिलाहरुको क्षमता विकासका लागि थुप्रै कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि सहित १५ वटा वडाका श्रम तथा सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउने ३० जना महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाज सेवा संस्था नेपालका कलाकारहरुले घरेलु हिंसा सम्बन्धी ‘हेला’ नामक सडक नाटक समेत प्रस्तुत गरेका थिए ।

ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल ,कोहलपुर कोहलपुर नगरपालिका उप प्रमुख सञ्जु चौधरी नगरविकास समितिका अध्यक्ष अवराज खड्का,बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जापुन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख राजेन्द्र सिंह खड्का, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई लगायतका उपस्थिती रहेको थियो ।

त्यस्तै नारी दिवसकै अवसरमा राप्ती सोनारी—९ ढकेरीमा पनि विविध कार्यक्रमको आयोजना गरि दिवस मनाईएको छ । महिला जागरण बहुउद्देयीय सहकारी संस्था र राप्तीसोनारी ९ न. वडा कार्यालयको संयुक्तमा गरिएको कार्यक्रममा ढकेरी चोक बाट ¥याली निकालिएको थियो ।

जेष्ठ महिला कली खड्काको प्रमुख आतिथ्य र वडा सदस्य मिना विष्ट के.सीको सभापतित्वमा भएको कार्यक्रमा विविध खेलकुदको आयोजना गरी दिवस मनाइएको महिला जागरण बहुउद्देयीय सहकारी संस्थाकी प्रबन्धक मोहन बस्नेतले जानकारी दिइन ।

कार्यक्रममा राप्तीसोनारी –९ का वडा अध्यक्ष महाविर वली स्थानीय राजनितिक दलका प्रतिनिधिहरु, महिला सहकारीका सदस्यहरु, स्वयंम सेविका, आमा समूहका सदस्य लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४     9:38:50 PM  |