‘रेडक्रसका जुनियर÷यूवा, दिगो विकासमा पु¥याउँछ टेवा’ भन्ने मुल नाराका साथ ५४ औँ जुनियर/यूवा रेडक्रस सर्कल दिवसको अवसर पारि दुई दिने दन्त परिक्षण शिविरमा १ सय ८०  जना भन्दा बढीले दन्त परिक्षण गराएका छन् ।
शिविरको समापन शत्रमा बोल्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सचिव सञ्जय कुमार पन्तले रेडक्रस मानविय सेवा गर्नका लागि स्थापना भएकोले मानिसका दुःख र पीडामा साथ दिईरहने प्रतिवद्वता व्यक्त गरेका थिए । साथै उनले  मानविय सेवामा समर्पित यूवाहरुलाई आत्मानिर्भर नागरिक बनाउनका लागि सबै लाग्नुपर्ने बताए ।
जु.रे.स. तक्षशिला एकेडमी बाँकेकी अध्यक्ष कमला शाहीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा तक्षशिला एकेडेमीका प्रबन्धक निर्देशक कमल पछाई, सर्कलका संरक्षक तथा विद्यालयका प्रिन्सिपल बासु गिरी, कौशिल्या पोलिक्लिनिक प्रा.ली.का निर्देशक राम न्यौपाने, शिक्षक, विद्यार्थी, अभाभिवाक लगायतस्थानियको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन जुनियर÷यूवा सर्कलका शिक्षक नायक धनराज बुढाथोकीको रहेको थियो भने दुई दिने निःशूल्क दन्त परिक्षण भेरी अञ्चल अस्पतालमा कार्यरत डा. दिल बहादुर सत्यालले गरेका थिए ।