सल्यान,१६ फागुन/ सल्यान पश्चिम क्षेत्रको साविक मुलखोला गाविस वडा ८ राउँचेको लाटुगैरेमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ ।
दुईवर्ष अघि काम थालिएको टावर निमार्णको काम सुरु गरेता पनि स्थमनीय चुनाव, प्रदेश र केन्द्रको चुनावका कारण समयमा काम नसकिएको नेपाल टेलिकमले जनाउँदै आएको थियो ।
उक्त क्षेत्रको बन्गाड कुपिण्डेका वडा १, ४, ५, ६ र सिद्धकुमाख गाउँपालिकाको केहि भागमा र छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिकाको केही भागमा नेपाल दुर सञ्चारको नमस्तेको टावर सञ्चालनमा आएपछि स्थानीयलाई सुविधा भएको छ ।
लामो समयपछि नेपाल टेलिकमले टावरको काम सम्पन्न गररे आफ्नो वडामा नमस्ने नेपालको भरपर्दो सेवा सुचारु भएपछि यस क्षेत्रका नागरिकलाई सहज हुने वडा अध्यक्ष कमल विकले वताए । साथै नमस्तेको मोवाई सिम वोकेका ग्राहकहरु समेत नमस्ते फोनले काम गर्न थाले पछि खुसी भएका छन् ।
टावर जडानमा उपकरण नभेटिए पछि समयमा काम सम्पन्न गर्न ढिलाई भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय सुर्खेतले जनाउँदै आएको थियोे । यता बन्गाड कुपिण्डेको सल्लीबजारमा नेपाल टेलिकमको नमस्ते सेवा नहुदाँ स्थानीयवासी मर्कामा परेका छन् ।
नेटले भरपर्दो काम नगर्दा बैंक तथा वितीय संघ सस्था र स्थानीय व्यापारी मर्कामा परेका छन् ।









प्रतिक्रिया दिनुहोस्