20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

कोहलपुरमा सञ्चारग्राम बनाइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४  

कोहलपुर,१६ फागुन/  कोहलपुरमा सञ्चारग्रामका लागि जग्गा छुट्याइएको छ । कोहलपुर नगरपालिका–२, इन्द्रेणीचोक नजिकै सञ्चारग्रामका लागि एक कठ्ठा जग्गा छुट्याइएको हो ।

कोहलपुर नगरपालिकाको १९ औं बैठकले संचारग्राम बनाउन जग्गा छुट्याएको नगर कार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी  दिए ।
कोहलपुर नगरपालिकाले उपलब्ध गराएको सो जग्गाको बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ लगायतको टोलीले मंगलबार अवलोकन गरेको छ ।

अथकले आफूहरूले चुनावताका गरेको प्रतिबद्धताअनुरुप संचार क्षेत्रको विकासका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको बताए । उनले कुनै पनि ठाउँको विकास हुनका लागि त्यस ठाउँको संचार क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए ।

यस्तै बाँके क्षेत्र नम्बर १ ख की प्रदेशसभा सदस्य आरती पौडेलले कोहलपुरलाई संचारमैत्री बनाउन नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गरिन् । प्रदेश सरकारबाट हुन सक्ने साथ र सहयोगका लागि आफू सदैव तत्पर रहने बताइन् ।

अवलोकनमा सहभागी कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले कोहलपुर नगरपालिकालाई आफुहरुले संचारमैत्री बनाउन र पत्रकारहरुको हकहित संरक्षणका लागि जग्गा उपलब्ध गराएको बताइन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले नगरपालिकाले गरेको कार्यप्रति सराहाना गर्दै सो जग्गामा विभिन्न निकायको सहयोगमा केही
समयभित्र संचारग्राम भवन शिलन्यास गर्ने बताए ।

अवलोकनमा कोहलपुर नगर कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक डिलबहादुर परियार, नेकपा एमाले बाँके क्षेत्र नं. १ का संयोजक सूर्य ढकाल, नेपाल पत्रकार महासंघ उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस चौतारी नेपाल बाँके अध्यक्ष हेमन्त बि.क, पूर्व अध्यक्ष विष्णु बेल्वासे, प्रेस सेन्टर नेपाल बाँके शाखा अध्यक्ष डक्ट धिताल, प्रगतिशील पत्रकार संघ बाँके कार्यवाहक अध्यक्ष बिनोद पौडेललगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४     8:05:15 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *