15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

उचित संरक्षणको माग गर्दै हस्ताक्षर अभियान शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४  

बर्दिया,१४ फागुन/ सर्जुनदीमाथि भईरहेको अतिक्रमण नियन्त्रण र उचित संरक्षणको मांग गर्दे गुलरियामा हस्ताक्षर अभियान शुरु गरिएको
छ ।

गुलरिया नगपालिका वडा नं ४ कैलाशनगरका स्थानीय बासिन्दा एवम् समाजसेवी भुवन घिमिरे, जंगबहादुर न्यौपाने लगायतले सरजु नदीको उचित व्यवस्थापन तथा संरक्षणको माग गर्दे हस्ताक्षर अभियान शुरु गरेका हुन् ।

सर्जुनदीमा भइरहेको अतिक्रमणलाई हटाई नक्सामा उल्लेख भए बमोजिमको क्षेत्रफल छुटयाई कट्टीदेखि कृष्णसार संरक्षण क्षेत्रसम्म दुबै किनारामा ढिक बनाएर वृक्षारोपणका गरी सिमसार क्षेत्र कायम गरी त्यस क्षेत्रमा हामेस्टे बनाउनु पर्ने उनीहरुको माग छ ।

सरजु नदीलाई मनमोहक र आर्कषक प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकास गरेमा हरियाली एवम् सुन्दर स्वच्छ वातावरण भई पर्यटक आगमनमा वृद्धि भई स्थानीय बासिन्दा र गुलरिया नगरपालिकाको आम्दानीको स्रोत बढेने उनीहरुको तर्क छ ।

गुलरियाको पहिचान, समृद्धि, र प्रमुख पर्यटकीय केन्द्रको संभावना बोकेको सर्जुनदी को उचित व्यवस्थापन भएमा कैलाशनगर लगायतका गाउँबस्तीहरुले डुबानको समस्या समेत बेर्होनु नपर्ने भएकाले आफुहरुले हस्तक्षर संकलन अभियान शुरु गरेको अभियानको नेतृत्व गरेका भुवन घिमिरे बताए ।

शुक्रवारबाट शुरु गरिएको अभियानमा आईतवारसम्मम ५सयभन्दा बढिले नगरवासीले हस्ताक्षर गरिसकेका छन् । संकलित हस्ताक्षर गुलरिया नगरपालिकाका प्रमुख, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र वडा कार्यालयमा बुझाउने कार्यक्रम छ ।

गुलरिया नगरपालिका वडा नं ३ ४ अन्र्तगत पर्ने सरजु नदीमो वर्षेनी आउने विनाशकारी बाढीले बगाएर ल्याएको माटो,बालुवा झारपातले गर्दा नदी माथि उठेकाले खेतीयोग्य जमिन र नदीको सतह छुट्टयाउन नसकिने अवस्था सृजना भएको छ । साथै नदीमा पर्ने जमिन अतिक्रमण समयमै नियन्त्रण नगर्ने हो भने सर्जु नदीको अस्तित्व समेत गुम्ने खतरा पनि बढेको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     7:18:56 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *