15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

पार्टी एकताले देश विकासमा ठूलो टेवा पु¥याउछ : नेता नेपाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४  

कोहलपुर,१३ फागुन/ नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्रबीच छिट्टै एकिकरण हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बाँकेको सयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले पार्टी एकिकरणले देशमा ठुलो फड्को मार्ने बताउनु भएको छ ।

पेरिस डाँडा या बल्खु स्थित नै पाटी एकिकरण हुने नेपालले दावी गर्नुभएको छ । पार्टी एकताले आफु सन्तुष्ट रहेको जनाउदै नेता नेपालले पार्टी एकतापछि क्रान्तिकरण गरेर अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

पार्टी एकताले देशको विकासमा ठूलो टेवा पुग्ने भएको हुनाले पाटी एकिकरण गर्न आवश्यक रहेको नेपालले दावी गर्नुभयो । देशको विकासका लागि र जनताले चाहेको खण्डमा संविधान फेरबदल गर्न सकिने नेता नेपालले जिकिर गर्नुभयो ।

नेपालगन्जमा हुने एक बैवाहिक कार्यक्रममा सहभागी हुन पुर्व प्रधानमन्त्री नेपाल नेपालगन्ज आउनु भएको हो । पुर्व प्रधानमन्त्री नेपालको उपस्थितीमा पार्टीका अगुवा नेता कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४     8:29:11 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *