15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

कोहलपुरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुपर्नेः रावत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४  

मिसन संवादाता : कोहलपुर,१३ फागुन/ कोहलपुरमा एक दिने वृहत साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेकाथिए ।

उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले कोहलपुरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि यस्ता साँस्कृति कार्यक्रमलाई जोड दिनुपर्ने बताएका थिए ।

यस्ता मेला महोत्सवको मध्यमबाट कोहलपुरको विकास गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई स्थानीय सरकारले पनि विशेष सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपालका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले नेपालको वर्तमान अवस्थाका बारेमा व्यङ्ग्य प्रहार गरेका थिए । उनले नेपालमा राजनीतिक स्थिरता कायम हुनुपर्ने भन्दै आम नेपाली जनता सचेत हुनुपर्ने बताए ।

वर्तमान नेपालका युवाहरु समाजिक सञ्जालको दुरुपयोग गरिरहेको अवस्थालाई आत्मासाथ गर्दै नेपालीहरुले समाजिक सञ्जाललाई गलत तरिकाले नबुझ्न उनले अनुरोध गरेका थिए ।

त्यस्तै चर्चित हाँस्य कलाकार जितु नेपाल, रवि डंगोल, जानुका केसीले नेपालका सबै युवाहरु विदेश जानुपर्ने अवस्था आएकाले देशको विकास हुन नसकेकोमा व्यङ्ग्य गरेका थिए ।

देशमा शान्ति आएपछि सबै क्षेत्रको विकास हुने भन्दै आर्थिक समृद्धिको बाटो तिर देशलाई लिनुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले नेपाली
गीतहरुको व्यङ्ग्यात्मक शैलिमा प्रस्तुत गराई उपस्थित दर्शकहरुलाई हसाएका थिए ।

त्यस्तै कार्यक्रममा नेपालका चर्चित गायक काली प्रसाद वास्कोटाले आफ्ना गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले कोहलपुरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि यस्ता साँस्कृति कार्यक्रमलाई जोड दिनुपर्ने बताएका थिए ।

यस्ता मेला महोत्सवको मध्यमबाट कोहलपुरको विकास गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई स्थानीय सरकारले पनि विशेष सहयोग गर्ने बताए । कार्यक्रममा नेपालका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले नेपालको वर्तमान अवस्थाका बारेमा व्यङ्ग्य प्रहार गरेका थिए ।

उनले नेपालमा राजनीतिक स्थिरता कायम हुनुपर्ने भन्दै आम नेपाली जनता सचेत हुनुपर्ने बताए । वर्तमान नेपालका युवाहरु समाजिक सञ्जालको दुरुपयोग गरिरहेको अवस्थालाई आत्मासाथ गर्दै नेपालीहरुले समाजिक सञ्जाललाई गलत तरिकाले नबुझ्न उनले अनुरोध गरेका थिए ।

त्यस्तै चर्चित हाँस्य कलाकार जितु नेपाल, रवि डंगोल, जानुका केसीले नेपालका सबै युवाहरु विदेश जानुपर्ने अवस्था आएकाले देशको विकास हुन नसकेकोमा व्यङ्ग्य गरेका थिए ।

देशमा शान्ति आएपछि सबै क्षेत्रको विकास हुने भन्दै आर्थिक समृद्धिको बाटो तिर देशलाई लिनुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले नेपाली गीतहरुको व्यङ्ग्यात्मक शैलिमा प्रस्तुत गराई उपस्थित दर्शकहरुलाई हसाएका थिए । त्यस्तै कार्यक्रममा नेपालका चर्चित गायक काली प्रसाद वास्कोटाले आफ्ना गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४     7:45:58 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *