24 September 2023  |   आइतवार, अशोज ७, २०८०

एकहप्ते खेलकुद प्रतियोगिता कोहलपुरमा शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

कोहलपुर,१० फागुन/  हिसान बाँके बर्दियाको आयोजनामा एकहप्ते खेलकुद प्रतियोगिता बाँकेको कोहलपुरमा शुरु भएको छ ।

बाँके र बर्दियाका निजी उच्च माविका विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ शुरु गरिएको प्रतियोगिताको हिसान केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेलले समुदघाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले शिक्षामा निजी क्षेत्रले खेलेको भूमिकालाई राज्यले आत्मसाथ गर्न नसक्दा शिक्षा क्षेत्रमा लगानी गर्नेहरुलाई समस्या पर्ने गरेको गुनासो गरे ।

उनले निजी क्षेत्रबाट शिक्षामा लगानी गर्नेहरुलाई राज्यको तर्फबाट पाि विशेष पहल हुन जरुरी रहेको बताए । एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट भलिवल, एथ्लेटिक्स लगायतका खेलहरु हुने भएका छन् ।

हिसान बाँके बर्दियाका अध्यक्ष डा.अरबिन्द्र मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जेनीथ माविका मित्रलाल सापकोटाले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     7:20:53 AM  |