24 September 2023  |   आइतवार, अशोज ७, २०८०

हाजीरी जवाफ प्रतियोगिता सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

कोहलपुर,९ फागुन/  बाँकेको बैजनाथ गाउँपालिका वडा नं.२ मा प्रजातन्त्र दिवसको अवसरमा अन्तर विद्यालय स्तरिय हाजीरीजवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
एन प्याब्सन बैजनाथ एकाई कमिटिको आयोजनामा भृकुटी ई.मी स्कुलमा भएको कार्यक्रमको बैजनाथ गाउँपालिकाका गाउँ शिक्षा खिल प्रसाद ढकालले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा ११ वटा विद्यालयहरु सहभागी भएका भने उक्त विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा मेरी माउण्ट एकेडेमी चाँदनी चोक प्रथम, हिमालय विद्या निकेतन जि गाँउ द्धितिय तथा स्काई ल्याण्ड ई.मि.स्कुल तृतिय भएका थिए ।

कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो कार्यक्रममा एन प्याब्सनका राष्ट्रिय सचिव कुसुम रानाभाट, एन प्याब्सन प्रदेश नं ५ का सदस्य गोविन्द चौधरी, समाजसेवी तथा सहकारीकर्मी जगत बुढा, एन प्याब्सन जिल्ला कमिटिका सदस्यहरु, शिक्षक, अभिभावक विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमको एन प्याब्सन बैजनाथ एकाई कमिटि अध्यक्ष श्याम कुवरको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     7:24:56 AM  |