कोहलपुर,९ फागुन/ आगामी वर्ष मध्पश्चिममा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मैदानको अवस्था, संम्भावित खेलमैदानको निरिक्षण, मैदान निमार्णको सम्झौता लगायतको काम सकिएको छ ।
विगतका वर्षमा भौतिक पूर्वाधार निर्माण ढिलाई हुदाँ प्रतियोगितानै प्राभावित हुने अवस्थालाई मध्यनजर गर्दै यसवर्ष भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ । खेलकुद प्रतियोगिताका लागि संम्भावित खेलमैदानको अवस्था बुझि निमार्ण कार्य तीव्र रुपमा अगाडी बढाइएको छ ।
खेलकुद मन्त्री राजन केसी र राखेपका सदस्य सचिव केशव कुमार विष्ट लगायत प्राविधिककोे उपस्थितिमा मैदानको निरीक्षण गरी आवश्यक पूर्वाधार निमार्णको कार्य अघि बढाइएको मध्यपश्चिम खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको समय नजिकिएसँगै आयोजक समिति, तयारी समिति र अन्य उप–समितिहरु गठन गरिएको छ ।
प्रतियोगिता तयारीका लागि राष्ट्रिय खेलकुद परिषदले परिषद् सदस्य बिनोद मैनालीलाई भौतिक पुर्वाधार निर्माण तथा तयारी समितिको संयोजक तोकेको छ । मैनालीको संयोजकमा गठित समितिमा अध्यक्ष भिम ओलि, शान्ति सिंह, इन्द्रबहादुर कार्की र रोहित दाहाल रहेका छन् ।
आठौं रास्ट्रिय तयारी सम्बन्धी सचिवालयमा पनि गठन गरिएको छ । राष्ट्रिय प्रतियोगिताका लागि बाँके, बर्दिया र दाङमा भौतिक पूर्वाधार निर्माणको कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । बाँके जिल्लाको कोहलपुर क्रिकेट खेल मैदान, नेपालगन्ज रंगशालामा सुटिङ रेन्ज, पौडी पोखरी र भारोत्तोलन एकेडमी र बर्दिया गुलरियास्थित कवर्ड हल र दाङमा क्रिकेट मैदान निमार्ण कार्य जारी रहेको छ ।
बाँकेको नेपालगञ्ज रंगशालामा माटो पटान गरी फुटबल र एथ्लेटिक्सका लागि ट्रयाक एन्ड फिल्ड निर्माण कार्य जारी छ । रंगशालामा माटो पटान गरी फुटवल, एथ्लेटिक्स लगायत अन्य प्रतियोगिता सञ्चालन गर्न मिल्नेगरी मैदान निमार्ण कार्य भैरकेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।
उता वषाँैदेखि अलपत्र परेको पौडी पोखरी (स्वीमिङ पुल) निमार्ण कार्य आठौँ राष्ट्रिय प्रतियोगितामा आएर सम्पन्न हुने देखिएको छ । नेपालगञ्ज रंगशालाको पश्चिम भागमा पौडी पोखरी (स्वीमिङ पुल) निर्माणलाई तीव्र पारिएको छ ।
कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको सबैभन्दा धेरै खेल बाँकेको नेपालगन्जमा हुने देखिएको छ । दुई खेल बर्दियामा र ५ खेल दाङमा क्रिकेट सञ्चालन हुने सम्भावना रहेको छ ।
मध्यपश्चिम खेलकुद विकास समितीले पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा आठौँ राष्ट्रिय खेलकुदका लागी लोगो, गित, नारा र मस्कट हात्तिको छावा सार्वजनिक गरेको छ ।
कार्यक्रममा बोल्दै राखेपका सदस्य सचिव दिपक विष्टले आठौं राष्ट्रिय खेलकुद २०७४ साल मंसिरमै हुने जानकारी गराउँदै आठौ राष्ट्रिय खेलकुदले प्रदेश पाँचलाई खेलमय बनाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्