25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

उप–महानगरभित्रका सडक, नाला निर्माण प्रक्रिया शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

नेपालगञ्ज,९ फागुन/   नेपालगञ्ज उप–महानगरपालिकाभित्रका विकास निमार्णका कार्यले तिव्रता पाउने भएका छन् । ‘हिलाम्य धुलाम्य सडक र नाली’का कारण फोहरी शहरको रुपमा उपमा पाएको नेपालगन्ज उप–महानगरको मुहार फेरिने भएको छ ।

एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत नेपालगन्ज उप–महानगरका अधिकांस सडक तथा नाला निर्माण हुने भएपछि मुहार फेरिने भएको हो ।

परियोजना कार्यान्वयन इकाईले आशयपत्र सूचना सार्वजनिक गरेपछि निर्माण प्रक्रियाले औपचारिकता पाएको हो । कालिका जेटीएसजीसँगको सम्झौताअनुसार नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण हुन लागेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरि सक्नु पर्ने सम्झौता रहेको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिए । परियोजनाका इन्जिनियर महजर्नका अनुसार–आशयपत्रको अवधी समाप्तीसँगै नोटीस अवार्ड (सम्झौता आहवान) अनुसारको अन्तिम सम्झौतापछि सडक नालाको संयुक्त सर्वे गरिने छ ।

नक्सा स्वीकृत, कार्यादेशसँगै निर्माण कार्यलाई पनि गति दिइने छ । सर्वप्रथम नगरको चारवाहीनी–त्रिवेणीमोड (सदरलाइन), बलबुलिया रोड विस्तार शुरु हुने भएको छ । घरधनीहरुले स्वस्फुर्त घर भत्काइसकेपछि अबको केही दिन भित्रै सदरलाइनमा काम शुरु हुने परियोजनाले जनाएको छ ।

(सदरलाइन बाट साभार )

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     6:54:54 AM  |