19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुर महोत्सवमा मिलन र टंकले दर्शकलाई नचाए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

कोहलपुर,७ फागुन/  बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको सोमबार पप गायक टंक तिमिल्सेना र मिलन लामाले उपस्थिति दर्शकहरुलाई छमछमी नचाएका थिए ।

राष्ट्रिय कलाकार टंक तिमिल्सेनाले “पूर्व जाने बाटा माथि प्रितिका सेल, हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, पैसा पैसा चिरिमा माया फिरिमा, मेरि छोरीयाटी महाराष्ट्र हुर्केर बोल्छौं मराठि, वार कित पार भेटऊ शनिबार, कुरा काट्नेले काटिरहनु वालै भएन्, सन्नसनी सन्नसनी यो मुटु खाईरहने” लगायतका गीतहरु गाए पछि उपस्थिति दर्शकहरु झुमेका थिए ।

त्यस्तै गायका मिलन लामाले “माझि दाई पोखरा फेवा तालको, घरमा पराल बारीमा बन्सो, केछ मुयाँ सन्चो र विसन्चो, छम छम नाचिदेऊ” लगायतका गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए । महोत्सवमा राष्ट्रिय कलाकार जीवन दाहालसँगै स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरिरहेका छन् ।

फाइनलमा ४ वटा विद्यालय

बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ मा विद्यालय स्तरिय नृत्य प्रतियोगितामा कोहलपुर क्षेत्रका ४ वटा विद्यालय फाईनलमा पुगेका छन् ।

महोत्सवमा कुल २० वटा विद्यालयले सहभागिता जनाएका थिए भने फाईनलमा निम्बल एकेडेमी, कोहलपुर लिटिल ऐन्जल्स स्कुल, जनज्योति स्कुल, बाल विद्या मन्दिर स्कुल पुगेका छन् ।

सो प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीय हुने विद्यालयलाई २० हजार, तृतीय हुने विद्यालयलाई १० हजार र सन्त्वना हुने विद्यालयलाई ५ हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ ।

दुर्गेश थापा (भोलि) मंगलबार आउने
कोहलपुर महोत्सवको  मंगलबार राष्ट्रिय कलाकार नेपालका चर्चित गायिका दुर्गेश थापा, नविन पौडेल र प्रकाश कँडेल लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् । राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने कला संस्कृति, अतिथि अत्कार, यातायात तथा अवास व्यवस्थापन उपसमितिका संयोजक नम प्रसाद शर्माले जनाएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवबाट संकलित भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य रहेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् ।

साथै उनले बचत रकमबाट केहि शिक्षा, स्वास्थ्य, खेलकुद र सामाज सेवामा लगाउने योजना रहेको जानकारी दिएका छन् ।
त्यस्तै महोत्सवमा कुल तीन सय स्टल मध्ये सूचना प्रविधिलाई १५ वटा स्टल, अटो रिक्सा अन्तर्गतका दुई पाङ्ग्रे, तीन प्राङ्ग्रे र चार पाङ्ग्रेलाई ८ वटा स्टल, व्यवसायिक स्टल २ सय, अन्य कृषि, फलफुल, जडिबुटि, सेवा एवम् शिक्षण मुलक, महिला उद्यमी स्टल ५०, होटल १८ वटा, थारु गाउँका लागि ११ वटा स्टल रहेका छन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     7:36:05 PM  |