20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

डरलाग्दो महंगीः १ किलो मासुलाई ५ लाख, एक लिटर दुधलाई सबा लाख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

दुनियाको सबैभन्दा धेरै तेलभण्डार रहेको देशमध्ये एक भेनेजुयलामा आर्थिक अवस्था यति दर्दनाक बनेको छ की मानिसहरु देश छाडेर छिमेकी कोलम्बियामा भाग्नका लागि बाध्य बनेका छन् ।
भेनेजुयलयामा महंगी यति चुलिएको छ की १ लिटर दुधलाई १ लाख ३० हजार रुपैयाँको हाराहारीमा पर्दछ । भोक टार्ने ब्रेडको मूल्य पनि चुलिएको छ । र, एउटा ब्रेडलाई हजारौँ पर्दछ । एक किलो मासुलाई झण्डै ५ लाख रुपैयाँ पर्दछ । यसरी हेर्दा बोरामा पैसा भरेर लग्दा पनि पेटभर खान नपाइने अवस्था छ त्यहाँ ।
समाचार अनुसार पछिल्लो एक वर्षमा भेनेजुयलामा २२० प्रतिशत मूल्यवृद्धि भएको छ । देशको सबैभन्दा ठूलो नोट १ सय बोलिभारको मुद्रास्फिति भएर ०.०४ डलर भन्दा पनि कम भएको छ । एजेन्सी rastiyakhabar

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     12:38:32 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *