15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

महोत्सवमा विद्यार्थीहरुका वैज्ञानिक सामाग्री प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४  

मिसन संवादाता : कोहलपुर,६ फागुन/   कोहलपुरमा जारी महोत्सवमा कोहलपुर नगरपालिका–५ मा रहेको ब्रिज इन्टरनेशनल स्कूलका विद्यार्थीहरुले विज्ञान सम्बन्धी थुप्रै सामाग्रीहरु बनाई प्रदर्शनमा राखेका छन् । महोत्सवमा स्टल नं. १ मा ती सामाग्रीहरुको प्रदर्शनी गराइएको छ ।

विभिन्न विद्यालयका विद्यार्थी , शिक्षक,अभिभावक तथा अन्य मानिसहरुले समेत ती विज्ञान सम्बन्धी सामाग्रीहरुको अभिरुची पुर्वक अवलोकन गरेको ब्रिज इन्टरनेशनल स्कूलका प्रिन्सीपल लक्ष्मण भट्टराईले बताए ।

विद्यार्थीहरुले हाइड्रोलिक जेसिबि, आरसी प्लेन, हाइड्रोलिक लिफ्ट, इलेक्ट्रोनिक हिटर लगायत विज्ञानसंग सम्विन्धत समाग्रीहरु ब्रिज इन्टरनेशनलका विद्यार्थीहरु सुमित डाँगी, जिवन ढकाल, गणेश रेगमी र हरिहर देवकोटाले निर्माण गरेका हुन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४     7:45:16 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *