19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

फागुन अन्तिम साता मदन भण्डारी गोल्डकप बुटवलमा हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४  

फागुन,५ फागुन/   मदन भण्डारी गोल्डकप प्रतियोगिता फागुन अन्तिम साताबाट बुटवलमा हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश ५ को आयोजनामा तेस्रो संस्करणको मदन भण्डारी गोल्डकप फुटवल नकआउट हुने भएको हो ।

फागुन २८ गतेदेखि शुरु हुने प्रतियोगिताको प्रथम पुरस्कार १५ लाख राखिएको छ । दोश्रोलाई साढे ७ लाख उपाउनेछ भने सेमिफाइनलमा पुगेका टिमलाई १ लाख दिइनेछ ।

खेलअबधिभरको प्रत्येक खेलाडीहरुको बिमा ३ लाखको छ । प्रतियोगिताका सम्भावित टीमहरु ए डिभिजनका छन् । प्रतियोगिताको राष्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्ने तय भएको छ ।

बुटवलमा शुक्रबार पत्रकार आयोजित पत्रकार सम्मेलनमा संयोजक नरबहादुर घर्तीले एक करोड दश लाख खर्च अनुमान गरिएको बताए । खेल बुटवलको रामनगर खेल मैदानमा हुनेछ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     7:35:16 AM  |