25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलमा पुलिस र बंगलादेश विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४  

४ फागुन, नेपालगन्ज : नेपालगन्जमा सञ्चालन भई रहेको पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिवल प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लब र बंगलादेशको इफाट महिला भलिबल टोलीले जित हासिल गरेका छन ।
बाँके जिल्ला भलिवल संघद्वारा नेपालगन्ज कभर्ड हलमा भएको खेलमा दोस्रो दिनको पहिलो खेलमा पुलिसले भारत देहरादुनको टिमलाई सहजै २५–१, २५–१४, २५–१७ सेटले पराजित गर्दै जित हासिल गरेको हो ।
सो खेलमा पुलिसकी कामना विष्ट वुमन अफ द म्याचबाट पुरस्कृत भइन । कामनालाई नेपाल भलिबल संघका सचिवद्धय मनवीर छन्त्याल, भीम ओली, कोषाध्यक्ष सुनकेशरी मालीले पुरस्कार दिएका थिए ।
यसैगरी दोस्रो खेलमा घरेलु टिमन्यु इन्द्रेणी बागेश्वरी युथ क्लब बंगलादेशको इफाट महिला भलिबल टोलीसँग पराजित भएको छ । इफाटले न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई २७–२५, २५–२२, २६–२४ सो सेटले पाखा लगाउदै जित आफ्नो पक्षमा निकालेको हो ।
बंगलादेशी टोलीकी इसु वुमन अफ द म्याचबाट पुरस्कृत भइन । उनलाई भलिबलका पुर्व अन्तराष्ट्रिय खेलाडी तिर्थमान श्रेष्ठ र राजु राज शाहीले पुरस्कार दिएका थिए ।
शुक्रबारको नतिजासँगै नेपाल पुलिस क्लब र शिवम न्यु डायमन्ड एकेडेमी समूह बी बाट सेमिफाइनल पुगे पनि डायमन्ड र भारतीय टोलीले समुहको अन्तिम खेल खेल्न बाँकी छ ।
समान एक–एक खेल जित्दै डायमन्ड र पुलिस अन्तिम चारमा पुगेका हुन । घरेलु टोलीले सुरुआतमा उत्कृष्ट खेल खेल्ने कोसिस गरे पनि समन्वय नमिल्दा जित हासिल गर्न सकेन ।
प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा एपिएफ र न्यु इन्द्रेणी बागेश्वरी स्पोर्टस क्लबले खेल्नेछन । अर्को खेलमा शिवम न्यु डायमण्ड र भारतको स्र्पोटस ट्रेनिजले प्रतिस्पर्धा गर्नेछन । 
नेपालगन्ज रंगशालामा भैरहेको प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, शिवम न्यु डायमण्ड, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गरिरहेको छन ।
प्रतियोगिता फागुनको ७ गतेसम्म चल्नेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छ । प्रतियोगिताको पहिलो पुरस्कार सुशील कोइराला स्मृती प्रतिष्ठानले प्रायोजन गरेको आयोजकले जनाएको छ । 
प्रतियोगिताको समुह ए मा एपिएफ, बंगलादेश टिम र आयोजक रहेको छ । अर्को समुहमा नेपाल पुलिस क्लब, शिवम न्यु डायमण्ड र भारत देहरादुनको स्पोर्टस ट्रेनिज रहेको छन ।      
-sadarlina.com
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     7:16:59 AM  |