निःशुल्क आँखा शिविर सम्पन्न



बर्दिया,३ फागुन/   बर्दियाको भुरीगाउँमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा फत्तेवाल आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको हो ।

शिविरमा १ हजार ५ सय २३ जनाको आँखा परीक्षण गरिएको र मोतियाविन्दु भएका २ सय ३० जना विरामीलाई शल्यक्रिाको लागि फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज रिफर गरिएको छ । रिफर गरिएका मध्ये १ सय ८५ जनाको शल्यक्रिया भइसकेको अस्पतालका डा.कौशल कुमार वर्माले जानकारी गराएका छन् ।

ठाकुरबाबा नगरपालिकाका सबै वडामा आँखा शिविर सञ्चालन गरिएको र मोतियाविन्दुको शल्यक्रिया गर्ने अवस्थाका विरामीहरुलाई रिफर गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा नेत्र विशेषज्ञ देवराज आरती सहित उमेर सादिक, राम थापा, सम्भु थापा लगायत ११ जनाको टोली रहेको बताइएको छ ।

साथै फत्तेवाल आँखा अस्पतालले ठाकुरबाबा नगरपालिकामा आँखा उपचार केन्द्रको शाखा स्थापना गर्ने तयारी भइरहेको फत्तेवाल आँखा अस्पतालका प्रवन्धक डा.कौशल वर्माले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार