दाङ,२५ माघ/ नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बादुरगंज अन्तरगतका अस्पतालहरु र उपचार केन्द्रहरु बाट सन २०१७ मा लक्षित गरिएका कार्यक्रम सम्पन्न गरिएका छन् । बुधबार लमहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सार्बजनिक गरेको छ ।
आयोजक सस्थाले लमहीमा रहेको आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । लमहीमा आँखा अस्पताल भएपनि दुर दराजमा अझै पनि सूचनाको पहुँच नपुगेको भन्दै संचारकर्मिहरुलाई आफ्नो संस्थाले गरेको गतिविधि जनताको माझ जनता सम्म पु¥याउन अस्पतालका वरिस्ठ प्रसासकिय अधिकृत सम्सेर थापाले पत्रकारहरुलाई आग्रह गरेका छन् ।
राप्ती आँखा अस्पताल मार्फत चार वटा शाखा स्थापना गरी सम्पूर्ण सेवा सरल र सुलभ रुपमा प्रदान गरेको थापाले जानकारी गराए । राप्ती आँखा अस्पतालमा छिमेकी रास्ट्र भारत बाट उपचारका लागि पनि आउने गरेको उनको भनाई छ ।
सेवाको दायरा फराकिलो बनाउदै आँखा सँग सँगै कानको पनि सम्पूर्ण सेवा दिन थालेको थापाले बताए । अस्पतालाले तिन दशकमा २२ लाख ओपिडिमा दर्ता गरिएकोमा ३ लाखले निशुल्क रुपमा उपचार पाएको र एक लाख बिरामीलाई आँखाको मोतियाबिन्दुको अप्रेशन गर्न सफल भएको वरिस्ठ प्रसासकिय अधिकृत थापाले जानकारी गराए ।
यसै बीच सीड फाउनडेसन प्रालिको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर लमहीमा सम्पन्न भएको छ । शिविरमा झन्डै ४ सय सेवाग्राहीले सेवा लिएको प्रालिका कार्यालय सचिव पूर्णचन्द्र खनालले जानकारी गराएका छन् ।
प्रालिले भर्खरै सम्पन्न गरेको भवनमा शिविरको आयोजना गरेको हो । निकट भविश्यमा सोही स्थान बाट दक्ष डाक्टरहरु बाट बाल रोग , मुटु रोग , छाला , मस्तिस्क लगायत ५ प्रकारका बिरामीहरुको उपचार गरिने प्रालिका शेयर सदस्य बसन्तराज अधिकारीले जानकारी गराए ।









प्रतिक्रिया दिनुहोस्