16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

ख्रिष्टमसका अवसरमा दीप प्रज्वलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस ९, २०८०  

कोहलपुर।
ख्रिष्टमसको पूर्वसन्ध्यामा कोहलपुर नगर इसाई समाजले कोहलपुरमा दीप प्रज्वलन गरेको छ । आइतबार कोहलपुरको मुख्य बजार क्षेत्र न्युरोडमा दीप प्रज्वलन गर्दै ख्रिष्टमसको शुभकामना आदान–प्रदान गरिएको थियो ।

सो कार्यक्रममा दीप प्रज्वलन गर्दै पास्टर बालकृष्ण विक, पास्टर हरिहर थारू, इसाइ समाज कोहलपुरका उपाध्यक्ष नोखराज रावतलगायतले ख्रिष्टमसका अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

सो कार्यक्रमको सञ्चालन समाजका सचिव क्रमलाल पुनले गरेका थिए । यशु ख्रिष्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर ९ मा ख्रिष्टमस डे मनाइने गरेको छ ।

प्रकाशित मितिः सोमवार, पुस ९, २०८०     5:33:19 PM  |