दुग्ध उत्पादन सहकारीको साधारणसभा सम्पन्न



कोहलपुर,२५ माघ/   बैजनाथ थाउँपालिका –५ संगमचोकमा रहेको बनकटवा दुग्घ उत्पादन सहकारी संस्था लि.को २२ औं साधारण संस्थाको आफ्नै कार्यालय संगमचोकमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सन्त कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले आ.व. २०७३÷०७४ को आयव्यय अनुमोदन गर्नुका साथै आ.व. २०७४÷०७५ को कार्यक्रम स्वीकृत समेत गरेको छ । सहकारीले स्थानीय स्तरमा रहेका किसानहरुले उत्पादन गरेको दुघ गरिद गरी दुघ तथा दुघ जन्य पदार्थहरु बनाई बिक्री वितरण गर्दै आएको छ ।

३ सय ३० जना शेयर सदस्यहरु रहेको सो सहकारीको करिब १९ लाख पचास हजार शेयर पूँजी रहेको संस्थाका व्यवस्थापक सफिक गुजरले बताए । संस्थाले दुघ बिक्री ,घिउ बिक्री , पनिर बिक्री आदि बाट आम्दानी गर्ने गर्दछ ।

सहकारीले संस्थामा नियमित दुघ ल्याउने किसान , सबै भन्दा धेरै दुघ ल्याउने किसान, नियमित संस्थाबाट दुघ किनेर खाने उपभोक्ताहरुलाई दुघ राख्ने क्यान पुरस्कार सहित सम्मान गरेको थियो । त्यस्तै संस्थाले लामो समय सम्म काम गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो । संस्थाले जनप्रतिनिधिहरुलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सिचाइँ राज्यमन्त्री दलबहादुर सुनारले साधारणसभाको ब्यानर पढेर सभाको उद्घाटन गरेका थिए । उद्घाटन मनतव्य राख्दै सुनारले सस्थालाई भविश्यमा किसानहरुको पक्षमा , किसानहरुको आर्थिक संवृद्धि गराउने कार्यमा अझै नयाँ याजना र कार्यक्रमहरु ल्याएरु काम गर्न सुझाव दिए ।

साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी , बैजनाथ गाउँपालिका कृषि विकास कार्यालयकी विष्णुमाया मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका व्यवस्थापक सफिक गुजरले सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २५ गते बिहीबार