स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट भरपुर मनोरञ्जन दिनेछौं : शर्मा



कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा यही माघ २६ गते देखि फाल्गुण ८ गते सम्म कोहलपुर उद्योग व्यापार तथा पर्यटन महोत्सवको आयोजना गर्दैछ । मेला संञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेका छन । मेला संचालनका लागि विभिन्न उप समितिहरु गठन गरिएका छन । यसै सन्दर्भमा कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं कला तथा सांस्कृतिक उप समिति संयोजक नम प्रसाद शर्मासंग मिसनकर्मी कविन्द्र परियारले गरेको कुराकानी : 

१. मिसन संवादमा यहाँलाई स्वागत छ ।
© धन्यवाद कविन्द्र जी.

२. मेलाको समग्र तयारी कस्तो हुदै छ ?
© मेलाको तयारी झट्ट हेर्दा करिब ८० प्रतिशत तयारी पुरा भइसकेको छ । अरु बाँकी कामहरु एक दुई दिनमा सकाउने गरी काम अगाडि बढाइरहेका छांै । अहिले सम्म सम्रगमा भन्ने हो भने सबै कामहरु अन्तिम तयारीमा पुगेका छन ।

३. यहाँ कला संस्कृतिक उप समितिको पनि संयोजक हुनुहुन्छ, आफ्नो समितिको तर्फबाट कामहरु कसरी अगाडि बढाइरहनु भएको छ ?
© अब यो कला संस्कृति अतिथि सत्कार र यातायात हाम्रो समितिको जिम्मेवारी भित्र परेको छ । प्रमुख त के छ भने हाम्रो कला संस्कृतिको कामलाई हेर्ने हो भने विशेष गरेर केन्द्रीय स्तरको क्षेत्रीय स्तरको र स्थानिय स्तरको ३ भागमा विभाजन गरेर कलाकारहरुलाई बोलाएका छांै । केन्द्रीय कलाकारहरु आउने र स्थानीय भनेको यहाका कुनै पनि स्कुलहरुमा नसमिटिएका बाहिर छरपट्ट रुपमा रहेका प्रतिभाहरुलाई यो महोत्सवको माध्यमबाट उनीहरुको कलाकारिता प्रस्तुत हुनुपर्छ भन्ने उद्देश्यले केन्द्रीय कलाकारहरु बाहेक अन्य कलाकारहरु ल्याउनलाई एउटा छनौट समिति बनेको छ । त्यो समिति मार्फत त्यो मञ्चमा जान उपयुक्त छ कि छैन भनेर छनौट भइरहेका छ र अर्को कुरा क्षेत्रीय स्तरका कलाकारहरु जो क्लबमा आवद्ध छन । ती कलाकारहरुलाई पनि अझ विशेष गरी हाम्रो यो भेगमा रहेको थारु जातीको बाहुल्यता भएको र सुर्खेत, दैलेख जाजरकोट, रुकुम रोल्पा प्युठान सल्यान बासिन्दाहरुको बसोबासको क्षेत्र रहेकोले त्यो क्षेत्रको संस्कृती समेटिने गरी क्लाकारहरुको प्रस्तुती देखा्उने कुरामा प्रयासरत छौ । केन्द्रिय कलाकारहरु नहुदा महोत्सवमा त्यति उत्साह नहुने हुदा प्रसस्त मात्रमा गायन, नृत्य हाँस्य, चरित्र चित्रण विधाका केन्द्रिय कलाकारहरु बोलाएका छांै ।

४. उद्घाटन सत्रमा झाँकी लगायत अन्य संाँस्कृतिक पक्षको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
© यो झाँकी समिती हुन त अलगै छ तर पनि हाम्रो यो क्षेत्रमा बहुभाषिक ,बहुसांस्कसतिक बसोबास गर्ने भएकोले सबैको भावनालाई समिटिने गरी सबै क्षेत्रका समुदायको कला संाँस्कृति समिटिने गरी र पुराना संस्कृति जर्गेना हुने गरी यो क्षेत्रका बासिन्दाहरुबाट झाँकी प्रस्तुुुतिका लागि हाम्रो झाँकी समिति लागिरहेको छ ।

५. मेलामा विशेष गरी मुख्य आकर्षणका रुपमा रहने भनेका केन्द्रिय कलाकारहरु हुन स्थानीयको मागलाई मध्यनजर गर्दै कुन कुन विधाका केन्द्रिय कलाकारहरुलाई निम्त्याउदै हुनुहुन्छ ?

© अत्यन्तै राम्रो प्रश्न सोध्नु भयो हाम्रो यो कोहलपुर क्षेत्रमा यस भन्दा अघि पनि धेरै पटक महोत्सवहरु आयोजना गरिसकेका छौ । अहिले सम्म उद्योग वाणिज्य संघले आयोजना गरेका महोत्सवहरु सफल भएका छन । हामीले यो पनि बुझेका छौ कि यहाँ कस्ता विधाका कलाकार निम्त्याउनु पर्छ भनेर विगतका महोत्सवबाट अनुभव गरेका छौर सिकेका छै । यहा बच्चा देखी वृद्ध सम्मलाई अत्यन्तै राम्रो लाग्ने मन पर्ने जस्तो लोकदोहोरी भयो ,युवा पूस्तका लागी आधुनिक ,पप भयो थारु संस्कृतीको जगेर्ना गर्ने थारु गीतहरु भयो यि सबैलाई यो क्षेत्रमा मन पर्ने र यो क्षेत्रका बासिन्दाहरुलाई भरपुर मनोरञ्जन लिएर जनाको लागी सबै विधाका कलाकारहरुको हामीले व्यवस्था गरेका छौ । आधुनिक तर्फ प्रमोद खरेल स्वरुपराज आर्चाय जस्ता आधुनिक गायकहरु र बद्री पंगेनी रामजी खाँड जस्ता ख्याती प्राप्त कलाकारहरु थारु गायक पनि हुनुहु्न्छ ।

६. यहाँ कला संस्कृतिक उप समितिको पनि संयोजक हुनुहुन्छ, काम गर्दै गर्दा कस्ता चुनौती झेल्न परेको छ ?
© निकै सान्दर्भिक प्रश्न गर्नुभयो । हामीले यो महोत्सवमा युवा ,बच्चा वृद्ध सबैलाई मनोरञ्जन दिने प्रस्तुति दिनुपर्छ । कसैले यस्ता कलाकारहरु ल्याउनु पर्छ भन्ने छ, भने कसैले ल्याउनु हुन्न भन्ने छ । अहिले जस्को के्रज छ त्यस्तालाई छोड्नु हुन्न भन्ने छ , आइरहेको छ र अर्को कुरा यो कोहलपुरमा आयोजना गरिने महोत्सवमा धेरै दर्शकहरुको उपस्थिति हुन्छ । धेरै दर्शकहरु भएको ठाउँमा जान पाए हुन्थ्यो भनेर क्षेत्रीय तथा
केन्द्रीय कलाकारहरुले लौं । मलाई पनि त्यहाँ राख्नु प¥यो । भनेर राती १ बजे सम्म पनि फोन आउँछ । हामी सिमिति ३५÷४० जना भित्र समेट्नु पर्छ २÷४ सय जनाको फोन आउने गरेका कारण सब भन्दा ग्राह्रो त्यो भइरहेको छ ।

७. आर्थिक उपार्जनका लागि कला संस्कृतिक पनि मूख्य पाटो मानिन्छ , यसको भूमिका कस्तो हुनुपर्छ ?
© हामीले विगतका वर्षहरुमा पनि महोत्सवहरु आयोजना ग¥यौ । त्यो बाट आर्जित रकम के गर्ने भन्ने निश्चित नहुने, हिनामिना भएको चाही होइन । कहिले जग्गा किन्ने, कहिले भवन बनाउने काम भयो । उद्योग वाणिज्य संघको भवन बनाइयो । अहिले महोत्सव आयोजना गर्नुको मुलका कारण के हो भने अहिले संस्थाको दुई चार सय जना अट्ने बहुआयामिक हल निमार्ण गर्ने र सुविधा सम्पन्न भवन बनाउने हो । त्यसकारण हामीलाई ८. धेरै रकम आवश्यक पर्ने हुँदा हामी धेरै रकम उपार्जन गर्ने गरी काम गरिरहेका छांै ।

८.अन्त्यमा के भन्न चाहानु हुन्छ ?
मैले यस क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण जनमानसलाई जानकारी गराउन चाहन्छु । विगतका वर्षहरुमा आयोजना गरिने महोत्सव भन्दा यस वर्षको महोत्सव अलि पृथक हुनेछ महोत्सवमा निमार्ण गरिएको थारुगाउँमा खास गरी थारु समुदायले ३ सय ६५ दिनै गर्ने क्रियाकलाप अवलोकन गर्न पाईने छ । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति हेर्न पाईने छ । आफूलाई मन पर्ने सामाग्रीहरु सुलभ किनमेल गर्न पाइने हुँदा सबैलाई महोत्सवमा आई भरपुर मनोरञ्जन लिन अनुरोध गर्न चाहान्छु ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार