मेला वृहत ढंगले सम्पन्न हुने कुरामा हामी विश्वस्त छौं



कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा यही माघ २६ गते देखि फागुन ८ गते सम्म “कोहलपुर उद्योग व्यापार मेला तथा पर्यटन महोत्सव २०७४” सञ्चालन हुन गइरहेको छ । महोत्सव सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेका छन । महोत्सव सञ्चालनका लागि विभिन्न उप समितिहरु समेत गठन गरिएका छन् । यसै सन्दर्भमा कोहलपुर उद्योग वाणिज्य संघका उपमहासचिव तथा महोत्सवमा मञ्च व्यवस्थापन उपसमितिका संयोजक मातृका प्रसाद सापकोटा संग मिसन सम्वाददाता कविन्द्र परियारले गरेको कुराकानी   :

 

  • मिसन संवादमा यहाँलाई स्वागत छ ।
    धन्यवाद
  • मेलाको समग्र तयारी कस्तो हुँदै छ ?
    कोहलपुर उद्योग वाणिज्य संघले यही माघ २६ गते देखि फागुन ८ गते सम्म कोहलपुर औद्यौगिक व्यापार मेलाको आयोजना गर्दै छ , यसै सन्र्दभमा बाँसगढी र नेपालगञ्जमा हिजो सकिएका छन । यो दुइवटै मेला मैंले हेरी सके । दुईटै मेला भन्दा हामीले भिन्न तरीकाको मेला लाउदै छौं भन्ने कुरा सवैलाई जानकारी गराउद छौं।
  • यहाँ मञ्च व्यवस्थापनको पनि संयोजक हुनुहुन्छ, मञ्च व्यवस्थापनको काम कहाँ सम्म पुग्यो ?मञ्च व्यवस्थापन भनेर हामीले अहिले बाँसगढी र नेपालगञ्जमा सञ्चालन भएका दुई ठाउँका मेलामा एउटा– एउटा मञ्चहरु बनाइएका छन । त्यो मञ्च कस्तो छ भने त्यहाँ कलाकारहरुलाई नाच्नलाई मात्र बनाइएको छ । अतिथिहरु अनि विशेष अतिथिहरु पत्रकारहरु साथीहरु त्यस पछि जेष्ठ नागरिकहरुलाई सिधा अगाडि र घाम बस्ने बनाउनु भाको
    छ । हामीले कस्तो बनाएका छौं भने कलाकार नाच्ने एउटा स्टेज छ । त्यस्को साइडमा त्यही लेभलमै अतिथिहरु विशिष्ट अतिथिहरु पत्रकार साथीहरु जेष्ठ नागरिकलाई बस्नका लागि एउटै मञ्च बनाउदै छौं ।
  • अपाङता भएका व्यक्तिहरुको बसाइँको व्यवस्थापना कसरी मिलाइएको छ ?
    उहाँहरुलाई टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ र उहाँहरुलाई बसाइँको सन्दर्भमा छुट्टै कुर्सिहरुको व्यवस्था मिलाइएको छ । उहाँहरुलाई सके सम्म सहज ढंगले बसाल्ने व्यवस्थापना मिलाएका छौं । जेष्ठ नागरिकको सन्दर्भमा एक हजारको टिकटको व्यवस्था
    छ । त्यसैमा उहाँहरुलाई चिया नास्ता र राम्रो बस्ने व्यवस्था मिलाइएको छ ।
    विगतमा आयोजना गरिएका मेलामा निर्माण गरिएका मञ्च र यस पटक आयोजना गरिएको मेलाको मञ्चको के फरक छ ?
    पहिले व्यवस्थापन गरिएको मञ्च र अहिले धेरै फरक छ । विगतका वर्षहरुमा आयोजना गरिने मेलामा नेपालगञ्ज र बाँसगढीको जस्तो मञ्च बनाइएको थियो । यस पटकको मञ्च चाहीं स्टेजमा हेर्दा आँखामा घाम नलाग्ने र हेर्दा आन्नद आउने छुट्टै किसिमको बनाउने तयारीमा छौं ।
  • उद्घाटनको तयारीको अवस्था कस्तो छ ?
    यस पटक भन्दा पहिला आयोजना हुने मेलाहरुमा कुनै राजनीतिक दलका नेताहरुले सरकारमा रहेका नेताहरुले मन्त्रीहरुबाट उद्घाटन गरिन्थ्यो भने यस पटक नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणाद्धारा उद्घाटन गराउने सोचमा छांै ।
    मञ्च सजावटको प्रकृयालाई कसरी अगाडि बढाएको छ ?
    मञ्च सजावटको लागि फूल माला चाहिने र फूल मालाले मात्र सजाउदा १० ÷११ दिन सम्म फूलहरु सुक्ने भएको हुनाले विच –विचमा प्लाष्टिकको मालाहरु पनि छ । पहिलेको भन्दा छुट्टै किसिमको मञ्च बानाइदै छौं । अन्य क्षेत्रमा बेलुनहरु वढी प्रयोग गरेको
    पाइन्छ । हामीले भने पसाएको केराको घरी ल्याएर ठाउँ –ठाउँमा लागाएर सुन्दर र आर्कषक मञ्च बनाउने सोचमा छौं । लगभग ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ भोली पर्सि सम्म मञ्च व्यवस्थापनको काम सवै सकिन्छ ।
  • मञ्चमा संगीतका सामग्रीहरुलाई कसरी व्यवस्थापन गरिएको छ ?
    अहिले कस्तो छ भने संगीतका सामग्री पनि अत्याधुनिक र डिजिटल साउण्ड सिस्टमहरु जडान गर्ने व्यवस्थापन मिलाएको छ । कोहलपुर यस क्षेत्रको मुटु भएको हुनाले यो मेलामा मानिसहरुको चाप निकै बढ्ने देखिएको छ । त्यसैले संगीत संयोजनको व्यवस्थापन पनि राम्रो मिलाइएको छ । मेला उत्साहपुर्ण ढंगले सम्पन्न हुन्छ भन्ने कुरामा हामी विश्वस्त
    छांै ।
  • कतिपय अवस्थामा मञ्च होचो भएका कारण पछाडि बाट हेर्ने दर्शकहरुले देख्न नसकिएको गुनासो पनि सुनिन्छ नि ?

पहिले आयोजना हुने महोत्सवहरुमा बासका खम्बाहरु गाडेर मञ्च बनाइन्थ्यो । त्यो असन्तुलित भएर ढल्ने सम्भावना देखिन्थ्यो ।          उचाइमा पनि कम थियो । अहिले त्यसो छैन । साढे चार फुट उचाईको फलामका नट बोल्ट जोडेर पक्की मञ्च बनाइएको छ ।                     त्यसमा  कुनै दुविधा छैन । सवै फलामका एङगलहरु भएको हुनाले भाँचिने सम्भावना छैन । पहिलेको भन्दा छुट्टै र आर्कषक मञ्च              निर्माण गरिएको छ ।

  • यहाँ मञ्च व्यवस्थापनको संयोजकको हैसियतले मञ्च निर्माण गर्दा कतिको चुनौती झेल्नु प¥यो ?
    कुनै पनि काम गर्दा चुनौती त आइहाल्छन नै । काम गर्दै जादा गाह्रो पनि भयो । मञ्च व्यवस्थापनमा काम गरेको मेरो पहिलो अनुभव हो । तै पनि के भो भने मलाई सवै साथीहरुको सहयोगले गर्दा मञ्च व्यवस्थापनमा सजिलो भयो । हामी पाँच जना छौ । हामी सवैले गर्दा मिलेर काम भइरहेको छ राम्रो छ ।
  • उद्घाटन सत्रकोे तयारी कस्तो छ र कसरी उद्घटन हुदै छ ?
    उद्घाटन सत्रमा हामीले विविध झाँकीहरु ,पञ्चेबाजा, व्यान्डबाजा, शसस्त्र प्रहरीको बाजाको टिम , हात्ती सहित कोहलपुर नगरमा ¥याली गरी कार्यक्रम स्थलमा आई महोत्सवको उद्घाटन हुने छ । उद्घाटन पछि विविध नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरु रहनेछन । भजन टोली , मयुर नाच लगायतका प्रस्तुती रहनेछन ।
  • यहाँ मेला आयोजक कोहलपुर उद्योग वाणिज्य संघकोे उपमहासचिव पनि हुनुहुन्छ , यसको हैसियतले मेला सफल पार्न यहाँको कस्तो भूमिका रहन्छ ?
    यो मेला सफल बनाउनलाई हाम्रो अहिले सम्म के भईरहेको छ भने मञ्च व्यस्थापन र मेला व्यवस्थापनका लागि त्यो व्यवस्था हामीले सवै मिलाइसकेका छौ । मेलामा आवश्यक पर्ने तयारीहरु पुरा भइसकेका छन । यसमा म व्यक्तिगत भन्दा पनि सम्रग कोहलपुर उद्योग वाणिज्य संघको अहम भूमिका छ । मेला सफल बनाउन हामी सबै अहोरात्र खटिरहेका छां ।ै अन्य क्षेत्रको भन्दा कोहलपरको मेला वृहत् ढङ्ग सम्पन्न हुने कुरामा हामी विश्वस्त छौं ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २३ गते मंगलबार