भीम रावत , कोहलपुर २१ माघ /मध्य तथा सुदुरपश्चिमको प्रमुख प्रवेशद्वारको रुपमा रहेको कोहलपुर विकाससँगै आधुनिक शहरको रुपमा विकास भइरहेको शहर हो ।
यहाँ हालको नयाँ संघीय संरचना अनुसार १५ वडा वडा रहेको नगरपालिका भएको छ । चटार गाउँ पञ्चायत ,कोहलपुर गाउँ विकास समिति, नगरपालिका उन्मुख कोहलपुर गाउँ विकास समिति हुँदै हाल नगरपालिका हुँदा सम्म पनि भाडा कै भवनमा रहँदै आएको थियो ।
हालै मात्र कोहलपुर नगरपालिका आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भएको छ । सो नव निर्मित भवनको आज ५ नम्बर प्रदेशका भावी मुख्यमन्त्री शंकर पोख्रेलद्वारा उद्घाटन गरिन लागेको कोहलपुर नगरकार्यपालिका सदस्य डिल बहादुर परियारले जानकारी गराएका छन् ।
नयाँ भवनमा कार्यालय सरेपछि कार्यालयलाई व्यवस्थित गरिने र नगरपालिकाबाट जनतालाई प्रदान गरिने सेवासुविधाहरु सहज र छरिटो रुपमा हुने बताइएको छ ।
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार









प्रतिक्रिया दिनुहोस्