लोकदोहोरी गायक नविन पौडेको प्रस्तुतिमा दर्शकहरु मज्जैले झुमे



रावन बिश्वकर्मा, बाँसगढी,१९माघ/   दोस्रो बाँसगढी महोत्सवमा झन भन्दा झन राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिले महोल तातिदै गएको छ ।

महोत्सवको ८ औँ शुक्रबार सम्म आउदा स्टेजका किङ्गको रुपमा चिने लोकदोहोरी गायक नबिन पौडेलको प्रस्तुतिले त झनै मञ्चको रौनकता थप्यो ।

मेची देखि महाकाली सम्म अत्यन्तै रुचाएका बालक, युवा र बृद्धबृद्धा सम्मका ढुकढुकी बनेका गायक पौडेलको स्टेजको आगमन सँगै दर्शकहरुको कोहाहल मचियो ।

राष्ट्र प्रेमि गायको रुपमा पनि आफ्नो छुटै पहिचान बनाउन सफल पौडेलको प्रस्तुतीले दर्शकहरुलाई त नचायो नचायो महोत्सव आयोजक तथा व्यवस्थापकहरुलाई पनि नाच्न बाध्य तुल्यायो ।

उनले गाएको राष्ट्रिय भाव बोकेको गितमा बाँसगढी उद्योग बाणिज्य सँघका अध्यक्ष कटक बिसि, संस्थापक अध्यक्ष पुष्प बराल, बाणिज्उ उपाध्यक्ष शंकर शर्मा, महासचिव गोबिन्द, मेला व्यवस्थापक प्रमुख रुद्र खनाल लगायत आयोजक र व्यवस्थापक टिम सँगै उद्घोषक कमल बिके निर्मोही र उमा खनाललाई नाच्न बाध्य बनायो ।

त्यस्तै उनले गाएको यहि चाल होला भने भा मत आउने थिईन यहि चाल होला भने भा भन्ने गितमा पनि दर्शकहरु आफनो ठाँउबाटै उठेर नाँचे । नेपाल कै अति व्यस्त गायकको रुपमा चिनिने उनले जोगाउनै गारो भो हुर्केकी छोरीलाई, पल्ला घरे जेठाजुले आईए बिए पर्ने जस्ता दर्जनौ गित गाएर दर्शकहरुको मन जित्न सफल भए ।

मोडल तथा युवा पिडिका गायक दुर्गेश थापा, पप गायक अर्जुन कौशलले पनि दोस्रो बाँसगढी महोत्सवको मञ्च झनै तताए । दुर्गेश थापाले, बिर गोर्खाली, रेलमा चढी, ह्यापी होली डे, रातो रातो खुसानी पिरो छ जस्ता गित गाउदै नाच्दै गर्दा दर्शकहरुको कोकाहल मचिएको थियो ।

त्यस्तै पप गायक अर्जुन कौशले हिम चुलीमा घाम लाग्यो घमाईलो, आँखा लोभि मन पापी, भिरको बाटो, यानी मायाँ हो, बठिनिया हो जस्ता गितहरु लाएर माहोललाई गर्मागर्मि बनाएका थिए । महोत्सवमा शनिबार चर्चित गायक प्रमोद खरेल, रेशमा पुन लगायत राष्ट्रिय कलाकारहरुको आगमन हुने आयोजकले जनाएको छ ।

बाँसगढी उद्योग बाणिज्य सँघको मुख्य आयोजनामा माघ १२ गते देखि सञ्चालन भएको महोत्सव २२ गते सम्म चल्ने छ । महोत्सवमा करिब २ सय बढी स्टलहरु रहेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार