नेपालगञ्ज,९ माघ/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेले सरस्वती पुजा तथा पाँचौ पुस्तक दिवशका अवसर पारेर सोमबार बाँकेको खजुरा गाँपालिका स्थित तिर्खा प्राथमिक विद्यालयका अति विपन्न बालबालिकाहरुलाई शैक्षिकसामाग्री वितरण गरेको छ ।
पठन संस्कृतिको विकास गर्न बाँकेका पुस्तक व्यसायीहरुले विपन्न विद्यार्थीलाई पुस्तक उपहार अभियान सञ्चालन गर्दै आएका छन् । सोही अभियान अन्तरगत यसपटक पनि पचहत्तर जना विद्यार्थीलाई एक कार्यक्रमकाबीच उक्त विद्यालयमा शैक्षिक सामाग्रीहरु बितरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष बुद्धिप्रसाद अधिकारीले बताए ।
अध्यक्ष अधिकारीका अनुसार, विद्यार्थी बाहेक विद्यालयका लागि पनि शैक्षिक सामाग्री वितरण गरिएको छ । चार वर्षदेखि यस्तो कार्यक्रम थालिएको अधिकारी बताउँछन् ।
हरेक वर्ष आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सकभर वर्षदिनभर पुग्ने पाठ्यपुस्तक तथा अन्य सामाग्रीहरु वितरण
गर्छौ । अध्यक्ष अधिकारीले भने । उनका अनुसार गाउँका विद्यालयको खोजी गरी विपन्न बालबालिकालाई मात्र पाठ्यपुस्तक वितरण
गरिन्छ ।
पुस्तक हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका स्रोत व्यक्ती जय प्रकाश शाह, जनक शिक्षा सामाग्री केन्द्रका क्षेत्रीय प्रमुख रबिन्द्र शर्मा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायायी महासंघ प्रदेश नम्बर ५ का सचिव रामप्रशाद गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर राना, शिक्षक अभिभावक संघका अध्यक्ष मनबहादुर गुरुगं, विद्यालयका प्रअ शुन्दर गुरुगं, धम्बोझी माविका सहायक प्रअ बामदेव सुवेदी, महासंघका निवर्तमान अध्यक्ष हेमराज पौडेल, उपाध्यक्ष मन्दिरा पाण्डे लगायतको हसभागिता रहेको थियो ।
उक्त कार्यक्रममा शुभकामना महासंघका कार्यसमिति सदस्य प्रदिप सापकोटाले दिएका थिए भने सन्चालन सचिव सागर ज्ञवालीले गरेका
थिए । आफुहरुको सहयोग अपर्याप्त भए पनि पुस्तक दिवशको पहचिान दिनका लागि यसो गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार बसन्त लामिछानेले बताए ।
उनका अनुसार पढन संस्कृतिको विकास गर्न विद्यालयस्तरबाटै जागरण ल्याउनुपर्छ । यसपाली महासंघले पढ्न संस्कृतिको विकास गर्नका लागि नेपालगञ्जमा शैक्षिक महोत्सव समेत आयोजना गरेको थियो । सो महोत्सवमा दुई लाख बढिले अवलोकन गरेका थिए ।
उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य हरी तिमिल्सेनाले पढन संस्कृतिको विकासका लागि सरोकारवाला निकायहरुले चेतनामुलक
कार्यक्रमहरु ऋायोजना गर्नुपर्ने बताए । उनले प्रविधिको युगमा पनि पुस्तक उपयोगी बन्दै गएको भन्दै यसलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने तर्क गरे ।









प्रतिक्रिया दिनुहोस्