आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा, देशैभरका सरस्वती मन्दिरहरुमा भक्तजनको भीड



कोहलपुर,८ माघ/  आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइँदैछ ।

ऋतुहरुको राजा वसन्त ऋतुको सुरुवात हुने भएकोले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ ।

संगीत, कला, साहित्य र विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।

अहिले शैक्षिक सस्था तथा घरघरमा सरस्तवी देवीको पुजा आराधना भईरहेको छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ पनि गराइन्छ ।

सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । आज बाँकेको लगायत देशैभरका सरस्वती मन्दिरहरुमा आज विद्यार्थी र दर्शनार्थीको भीड लागेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार