राजमार्गमा गाडी चल्न नदिइने



दाङ / प्रदेश राजधानीको माग गर्दै जारी आन्दोलनको क्रममा आज राति दाङको खण्डमा पूर्वपश्चिम राजमार्ग ठप्प हुने भएको छ । आज राति गाडी चल्न नदिने निर्णय गरिएको र त्यहीअनुसार शक्ति राजमार्गमा केन्द्रित गरिएको निर्वाचन परिचालन समितिका सचिव निर्मल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि माघ ६ गते हजारौं जनताले राजमार्ग कब्जा गर्ने र लमहीमा सभा गरी थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ७ गते आइतबार