रावन विश्वकर्मा बर्दिया,७ माघ/ बर्दियाको चिनारीको लागि बाँसगढी महोत्सवले महत्वपूर्ण भूुमिका निर्र्वाह गर्ने आशा रहेको महोत्सव आयोजकले जनाएको छ ।
महोत्सवले बर्दिया जिल्लाको विशेषता, मौलिकता, पहिचान र संभावनाको उजागर गर्दै क्षेत्रीय, राष्ट्रिय एवम अन्तराष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार र पहिचान गराउने महोत्सव मुल आयोजक समितिका संयोजक कटक बिसीले बताए ।
स्थानीय स्तरमा आयोजना हुने यस्ता मेला तथा प्रदर्शनीले उत्पादक तथा उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध गाँसी औद्योगीक तथा व्यापारी चहल पहल बढाई सम्रग आर्थिक क्षेत्र फस्टाउने आयोजकको दावी छ ।
महोत्सवले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार, व्यवसाय, उद्योग धन्दा तथा उत्पादनको प्रवद्धन गर्नुका साथै स्थानीय कृषि, पर्यटन ,थारु हस्तकला, कला, संस्कृतिक, भेषभुषा, लगायत विभिन्न पक्षको प्रवद्र्धनमा सहयोग विश्वास आयोजकले लिएको छ ।
साथै यस्ता महोत्सवहरुबाट स्थानीय जनताको क्रियासिलतामा वृद्धि ल्याउन मदत पुग्ने प्रचार –प्रसार उपसमिति संयोजक शंकर शर्माले बताए । मेलाले राजनीतीक दल, सरकारी निकाय, संघ– संस्था, वित्तिय संस्था, शैक्षिक संस्था, धार्मिक स्थल, जातिय समाजहरु, नागरिक समाज लगायत सबै पक्षको आपसी सद्भाव र समन्वयका कायम राख्न सहयोग गर्ने बाँसगढी उद्योग बाणिज्य सँघका संस्थापक अध्यक्ष तथा अथिति सत्कार उपसमितिका संयोजक पुष्पराज बरालले बताएका छन ।
“उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतिको पहिचान, ग्रामिण प्रविधि, वैज्ञानिक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान” भन्ने मुल नारा सहित माघ १२ गते देखि २२ गते सम्म दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघि महोत्सव सञ्चालन हुदै छ । बाँसगढी उद्योग बाणिज्य सँघको मुख्य आयोजनामा दोस्रो महोत्सव सञ्चालन हुन लागेको हो ।









प्रतिक्रिया दिनुहोस्