पहुँचका आधारमा अधिकार प्राप्त गर्ने अवस्था सृजना भएको गुनासो



नेपालगञ्ज,५ माघ/  राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक मुरारी खरेलले स्थानीय तहमा अपाङता भएका ब्यक्तिहरुले पहुँचका भरमा अधिकार प्राप्त गर्ने अवस्था सृजना हँुदै गएको गुनासो गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनमा बिहीबारदेखि २ दिन सम्म दाङको तुलसीपुरमा सबैका लागि घर–घरमा मावन अधिकार, शान्ति र विकासको अधिकार भन्ने नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार विषयक प्रादेशिक सम्मेलन शुरु भएको छ ।

उक्त कार्यक्रममा निर्देशक खरेलले स्थानीय तहमा जनप्रतिनिधिहरुलाई मानव अधिकारको मूल्य र मान्यताका विषयमा जानकारी नभएकै कारणले पनि लक्षित समूहहरु अधिकार उपयोग गर्नबाट बञ्चित हुनु परेको बताए। भाषण र ब्यवहारमा समानता ल्याउन उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई विशेष आग्रह समेत गरे ।

अब राजनीतिक र नागरिक अधिकारको विषयलाई माध्य हुनु भन्दापनि सामाजिक अधिकारका सवालमा राष्ट्रिय मानव अधिकार आयोगले कार्यक्रम ल्याउन शुरु गरेको बताए । उच्च अदालत तुलसीपुरका न्यायाधिस ईश्वरराज आचार्यले मावन अधिकारका विषयमा सुन र फलाम चिन्न नसके झै भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार