दाङमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु,१२ घाइते



दाङ,१ माघ/   दाङको तुलसीपुर घोराही सडक खण्डमा माइक्रो बस दुर्घटना  हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन्  । दुर्घटनामा परी  मृत्यु हुनेमा  तुलसीपुर  ३ निवासी   ज्ञानबहादुर गिरी  रहेको   प्रहरीले जनाएकाे छ ।

घाईतेको राप्ती अंचल अस्पतालमा उपचार भैरहेको छ ।  घाईते  हुनेहरुमा तुलसीपुर  भद्रपुर निवासी  देवी  श्रेष्ठ  ,मानपुर  १४  का   देवी  महरा  र  सन्तोष  चौँधरी , नारायणपुर  १०  निवासी धर्मा  पोख्रेल ,  घोराहि ७ की सीता  ढकाल र  उनकी ५ वर्षीया  छोरी  मीनुका ढकाल , घोराही  ६ का  प्रशंग आचार्य ,  घोराही १६ का अमर  डाँगी , घोराही  १७  की  यमूना  रेग्मी र  उनकी  ३ वर्षीया  छोरी संयोग  रेग्मी ,   प्युठान थापलीकी  आशा  जिएम  घाईते भएका  छन  ।

घाइते मध्ये  घोराही  ७ निवासी  प्रशंगको अवस्था  गम्भीर रहेकाले थप  उपचारका  लागि  नेपालगञ्ज रिफर गरीएको  छ । माइक्रो बसका चालक फरार रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १ गते सोमबार