सडक नाटक प्रदर्शन



मिसन सामाचारदाता पुस ०४/ शक्ति विकास समाज सुधार संस्था कोहलपुरको आयोजना र एनआइफ बाँकेको सहयोग एचआइभी एड्स सम्बन्धी जनचतेनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । कोहलपुर
नगरपालिका –२ विकास नगरमा सोमबार सो नाटक प्रदर्शन गरिएको हो । कोहलपुर नगरपालिका –१४ हवलदारपुरमा रहेको समाज सेवा संस्थाका र शक्ति विकास समाजका स्थानीय कलाकारहरु विनोद थापा , राधिका सिंह, दण्डपाण्ी पाठक, विपिन पौडेल, चित्रकला घर्ती कलावती घर्ती मनिकला राना , आशा नेपाली र सपना वि.क. ले सडक नाटकमा अभिनय गरेका थिए ।
करिब ५सय जनाले अवलोकन गरेको सो नाटकमा कलाकारहरुले एचआइभी पोजेटिभ सर्न सक्ने अवस्था र यसमा जोगिने उपायका साथै एचआइभी पोजेटिभ संक्रमण भएका व्यक्तिहरुले कसरी जीवनलाई दिर्घ बनाउन सक्छन् भन्ने बारेमा सन्देश दिइएको थियो । हाम्रो स्वास्थ्य सुन भन्दा महङ्को छ भन्दै “अठोट” नामक सडक नाटक प्रदर्शनबाट एचआइभी पोजेटिभ भएका व्यक्तिहरुलाई घृणा होइन माया र सहयोग गरी स्वाभिमानी जीवन बाँच्न प्रेरणा दिने पर्ने सन्देश प्रवाह भएको आयोजकले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ४ गते मंगलबार