कविन्द्र परियार मिसन सामाचारदाता मंसिर २९/ कोहलपुर नगरपालिका—११ स्थित गंगा जमुना कृषि सहकारी संस्था लिमिटेडको पाँचौं साधारण सभा शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन सहकारी सघंका केन्द्रीय सदस्य देव बहादुर के.सीले गरेका थिए ।
सुशिला पोख्रलेको स्वागत मन्तव्य सँगै शुुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष याम बहादुर श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सस्थाकी कोषाध्यक्ष कल्पना शर्माले आ.व २०७३÷०७४ को रु १३ करोड २० लाख ७९ हजार २५ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी
थिईन । विविध सांंस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको सभामा उत्कृष्ट बचतकर्ता भक्त प्रसाद भुषाल, उत्कृष्ट कर्जा भुक्तान गर्ने सदस्य अमृत दियालीलाई नगद रु २ हजार ५ सय र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै सभामा ३ वटा उत्कृष्ट समुहलाई नगद रु २ हजार तथा सम्मान पत्र, नियमित बचत तर्फ उत्कृष्ट हुने २९ जना र नियमित कर्जा भुक्तान गर्ने ३० जना शेयर सदस्यहरु लाई नगद रु १ हजार तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
त्यसै उत्कृष्ट हुने ३६ वटा कृषि समुहलाई पनि नगद रु १ हजार तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो । सभामा संस्थाका उत्कृष्ट कर्मचारी सुमित्रा पौडेल ,मैना बास्तोला ,सिर्जना योगी, शारदा चापागाई,र नैनसरा थापालाई नगद रु २ हजार ५ सय र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
अनुशासित कर्मचारी शुसिला पोख्रेल,दार्ण बहादुर शाही,रुपा थापा, र शोभा कुमारी रुचाललाई नगद रु २ हजार र सम्मान पत्र, त्यसै लगनसिल कर्मचारीतर्फ यम कुमारी बि.क,लक्ष्मी रोकाय,डोल्मा पाण्डे,रत्नकला थापा,पवित्रा के.सी,लाई नगद रु १ हजार ५ सय र सम्मान पत्र सहित तथा क्रियाशिल कर्मचारी पुर्णिमा खड्का, लक्ष्मी चौधरी,सम्झना सुनार,र कविता शर्मालाई नगद रु १ हजार र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
सभामा कोहलपुर नगरपालिका वडा न. १० का वडा अध्यक्ष निरज चलाउने,जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी,सहकारी संञ्जाल कोहलपुरकी अध्यक्ष मिना सिग्देल,साना किसान कृषी सहकारी संघ बाँकेकी अध्यक्ष एकता शाह,लगायत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाकी सुपरीवेक्षक मैना बास्तोलाले कार्यक्रमको सञ्चालन गरेकी थिईन ।
संस्थामा हाल ७ सय २७ जना महिला र ६ सय ५१ जना पुरुष गरी १ हजार ३ सय ७८ जना सदस्य र कर्मचारी २१ जना रहेका छन् ।
प्रकाशित मिति : २०७४ मंसिर २९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्