बाँकेको नरैनापुर गाउँपालिका अन्र्तगत रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई तत्काल चिकित्सकसहितको सेवा उपलब्ध गराउन उच्च अदालतले आदेश दिएको छ ।
अदालतमा परेको मुद्दामाथी सुनवाई गर्दैै नागरिकहरुको तत्काल रोगको औषधी उपचार, परिक्षण र उनीहरुको स्वास्थ्य उपचारको हकबाट बन्चित नगर्नु, नगराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम तत्कालको लागि आदेश जारी गरिएको हो ।
अदालतको आदेश तत्काल कार्यन्वयन गर्न सम्बद्धहरुले आग्रह समेत गरेका छन । २०५० सालदेखि स्थापना भएको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भएपनि कागजमा मात्र भएको चिकित्सक आएपनि काज सरुवा अध्ययन विदा मिलाएर जाने गरेको एउटा आहेवको भरमा मात्र चौकी सचांलनमा रहेको अवस्था छ ।
राप्तीपारी क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य केन्द्रमा चिकित्सिक नभई प्रभावकारी सेवा नभएको भन्दै सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको पहलमा संस्थाका तर्फबाट अरुण तिवारीले केही महिना अघि सूचना माग गरेका थिए ।
माग गरिएको सूचनाको आधारमा उच्च अदालतमा मसिंर ४ गते रिट दायर गरिएको थियो । उच्च अदालत तुल्सीपुर इजलाश नेपालगजका न्यायाधीश विष्णुदेव पौडेल र गुणराज ढुंगेलको हिजो संयुक्त इजलाशबाट उक्त आदेश भएको हो ।
अदालतले विपक्षी जिल्ला जनस्वास्थ कार्यालय बाँक, नरैनापुर गाउपालिका, प्राथमिक स्वास्थ्य केन्द्र लक्षमणपुर र प्राथमिक स्वास्थ्य केन्द्र लक्षमणपुर सचांलन तथा व्यवस्थापन समितिको नाममा आदेश दिएको हो । स्वास्थ्य केन्द्र स्थापना भएको करिब २४ वर्ष वितिसक्दा पनि अहिलेसम्म त्यहाँको दरवन्दी रिक्त रहेको छ ।
केन्द्रमा एमवीवीएस डाक्टर, स्टाफ नर्स, ल्याब असिष्टेण्ट लगायत दक्ष जनशक्तिको दरवन्दी रहे पनि चिकित्सक काजमा बाहिर अध्ययन गर्ने र अन्य केही कर्मचारी नियमित नआउने र रिक्त दरवन्दीले स्वास्थ्य सेवा प्रभावित बनेको छ ।









प्रतिक्रिया दिनुहोस्