कोहलपुर बजार क्षेत्र अनुगमन



कोहलपुर, २ मंसिर/  कोहलपुर नगरपालिका वडा नम्बर ११ को वडा स्तरीय सरसफाइ अनुगमन समितिले बिहिबार देखि अनुुगमनलाई तिव्रता दिएको छ ।

समितिले अनुगमनका क्रममा सडकपेटीमा सामानहरु राख्ने र फोहोर गर्ने व्यवसायीहरुलाई आफ्नो घर अगाडिको सामान सडकपेटी भन्दा भित्र राख्ने, जथाभावी फोहोर नगर्ने÷नगराउने, सडकपेटीबाट साइकिल तथा मोटरसाइकिल नराख्ने गरी व्यवसायीहरुलाई अनुगमनका क्रममा पहिलो पटक सजक र सचेत गराएको अनुुगमन समितिकी संयोजक कल्पना शर्माले बताएकी छिन् ।

साथै समितिले पर्चा तथा पम्पलेट मार्फत कोहलपुर क्षेत्रका सम्पूर्ण व्यापारीहरुलाई सूचित गरी आफ्नो पसल अगाडिको फोहरलाई व्यवस्थापन गर्न र नगरपालिकाको फोहोर उठाउने गाडी आउँदा सहजै उठाउन सक्ने व्यवस्था मिलाउन जानकारी गराएको छ ।

बजार अनुगमन समितिले दिएको सल्लाह सुझाव अनुुसार वडा समिति कार्यालयले स्थानीय तह नियमावली भित्र रही फोहोर मैला व्यवस्थापन तथा बजारलाई सरसफाइयूक्त राख्ने सम्वन्धी दण्ड जरिवाना समेतको व्यवस्था गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २ गते शनिबार