डिष्ट्रीलरीका कारण खेतीयोग्य जमिनमा उत्पादन ह्रास



नेपालगञ्ज, ३० कात्तिक/  बाँकेको खजुरामा कर्णाली डिष्ट्रीलरीबाट निस्कने पास किरण नालामा मिसाइदा त्यसबाट खजुरा गाउँपालिकामा रहेको सयौं बिघा खेतीयोग्य जमिनमा उत्पादन ह्रास हुँदै आएको छ ।

डिष्ट्रीलरीबाट निस्कने पास किरणनालामा सिधै मिसाईदा किरण नालाको पानी नै प्रदुषण हुने गरेको हो । किरणनालाको पानी सिचाईका लागि प्रयोग गरिदा त्यसले उत्पादनमा ह्रास ल्याउने गरेको पाइएको हो । डिष्ट्रीलरीबाट निस्कने पासका कारण खजुरा गाउँपालिकाका–१,२ र ३ वडामा बढी प्रभाव पारेको छ ।

उद्योगले नालामा प्रदुषण गरेपछि खजुरा गाउँपालिका–१ का वडा अध्यक्ष सुमन मल्लले कर्णाली डिष्ट्रीलरीप्रति कडा नीति अपनाउदै जरिवाना गराएका छन । डिष्ट्रीलरीले जरिवानाबापत बुझाएको ५ लाख रुपियाबाट राधापुरमा करिब एक किलोमिटर सडक मर्मत भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ३० गते बिहीबार