19 September 2021  |   आइतवार, अशोज ३, २०७८

यो च्याउलाई सुँघेरै यौन उत्तेजित हुन्छन् महिला, वैज्ञानिकको लागि टाउको दुखाइ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४  

हवाइ टापुमा एक यस्तो च्याउ पाइन्छ जसलाई सुँघेरै महिनामा यौन उत्तेजना निकै बढ्छ । यो च्याउको गन्धले महिलाहरुमा तीव्र यौन उत्तेजना ल्याउने गरेको छ । यो च्याउको गन्ध मिठो हुँदैन । यसले निकै दुर्घन्ध फैलाउँछ तर यही दुर्घन्धले महिलामा यौन उत्तेजना जगाउँछ ।

हवाइमा ज्वालामुसीको फेदमा उम्रिने यो च्याउ आफ्नो यही विशेषताका कारण विश्वप्रसिद्ध छ ।

वैज्ञानिकहरुले विगत १५ वर्षदेखि यसमाथि निकै विवादिन प्रयोगहरु गरिरहेका छन् । तर, अहिलेसम्म यसको गन्धले महिलाहरुमा के असर हुन्छ भन्ने पत्ता लागेको छैन । यो च्याउको विषयमा १६ महिला र २० पुरुषमा प्रयोग गरिएको थियो । तीमध्ये ६ महिलाको कामोत्तेजना निकै बढेको र बाँकी १० को पनि मुटुको धड्कन बढेको पाइयो । तर, पुरुषहरुलाई भने यो गन्ध पटक्कै मन परेन । तर यो च्याउमा के हुन्छ र त्यसले महिलामा कहाँ कसरी असर गर्छ भन्ने अझै पत्ता लागेको छैन ।             Fastail

प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४     11:34:01 AM  |