20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जाजरकोट उवासं अध्यक्षमा वली र खत्री भिड्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

असोज २० जाजरकोट/ जाजरकोट उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुईवटा प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ । यही असोज २२ गते हुने निर्वाचनका लागि काँग्रेस–माओवादी निकट व्यापारीहरुको गठवन्धन र एमाले निकटका व्यापारीहरुको संगठन विच चुनावी प्रतिष्पर्धा हुने भएको हो ।
चुनावका लागि काँग्रेस माओवादी गठवन्धनका तर्फबाट भद्रबहादुर वली र एमाले निकट व्यापारीहरुको तर्फवाट कर्णवहादुर खत्रीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष सहितका पदाधिकारी  र सदस्य गरी १५ जनाको लागि हुने निर्वाचनमा दुई प्यानल खडा गर्दै व्यापारीहरु चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।
काँग्रेस, माओवादी गठवन्धनका तर्फवाट अध्यक्ष वली सहित वरिष्ठ उपाध्यक्षमा पारसकुमार वाग्ले, उपाध्यक्षमा मिलन चन्द, महा–सचिवमा बुद्धीबहादुर खत्री,
सचिवमा सुर्यबहादुर रोकाय, कोषाध्यक्षमा धनसरा शाही  लगायत सदस्यहरु रहेका छन् भने एमाले निकटको तर्फबाट अध्यक्षमा खत्री सहित वरिष्ठ उपाध्यक्षमा शिवविक्रम हमाल, उपाध्यक्षमा नरबहादुर थापा, महासचिवमा इश्वरीबहादुर खत्री, कोषाध्यक्षमा मोहन खड्का रहेका छन् ।
दुवै पक्षले आफुले जित्ने दावी गरे पनि काँग्रेस माओवादी  निकट व्यापारीहरुको गठवन्धनमा बढी मतदाता रहेको बताइएको  छ । २२ गते हुने चुनावका लागि ८ सय ३० जना मतदाता रहेका  छन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     7:42:24 AM  |