कोहलपुर, २७ भदौ, गेरुवा गाउँपालिका र सामाजिक सरोकार केन्द्र बाँकेकोे आयोजनामा गेरुवा गाउपालिकाको पशुपती नगरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बाढीपछि उत्पन्न स्वास्थ्य समस्यालाई निराकरण गर्न संचालन गरिएको स्वास्थ्य शिविरमा ६ सय ३९ जनाले उपचार तथा परामर्श लिएका गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए । नेपालगञ्ज मेडिकल कलेजका प्रमुख तथा सामाजिक सरोकार केन्द्रका सल्लाहाकार डा.शुरेस कुमार कनौडियाको नेतृत्वमा आएको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको शिविरमा १४ वर्ष मुनिका १ सय ३० जना बाल बालिका सहित ६ सय ३९ जनाले उपचार तथा परामर्श लिएका हुन् । शिविरमा जनरल फिजिसीयन डा. सुरेश कुमार कनौडिया र डा. शिशिर रेग्मी, बाल रोग विशेषज्ञ डा. सुमन, नाक कान र घाँटी विशेषज्ञ डा. सुलभ श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डा. ओनिका कार्की, यौन तथा चर्म रोग विशेषज्ञ अभिषेक अर्याल र सर्जरी तर्फ डा. सगुन खड्काले सेवा प्रदान गरेका थिए ।
शिविरमा विरामीहरुको निशुल्क जाँच, परार्मश तथा निशुल्क औषधी वितरण गरिएको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४