26 September 2021  |   आइतवार, अशोज १०, २०७८

थारु महिलाद्वारा राहत वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४  

बर्दिया, २७ भदौ, थारु महिला उत्थान केन्द्रले टेर द जोमको सहयोमा गुलरिया नगरपालिका–५ का बाढीप्रभावित परिवारका ७० जना गर्भवती, सुत्केरी र नवजात शिशुहरुलाई सोमबार झुल, प्यूस र न्यानो झोला वितरण गरेको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति र जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालयको समन्वयमा नवजात शिशुलाई दुई वटा झुल, दुई वटा प्यूस र एउटा न्यानो झोला गरी २ हजार ५ सय रुपैयाँ तथा गर्भवती र सु्त्केरीलाई दुई वटा झुल र प्यूस गरी १ हजार
७ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले बताइन् ।
यसैगरी सोमबार नै सोही संस्थाको सहयोगमा गुलरिया नगरपालिका–९ मा रहेको ओम शान्ति प्रावि डब्बाका विद्यार्थीहरुलाई झोला, कापी, डटपेन, ज्यामिति, सिसाकलम गरी १ हजार ६ सय रुपैयाँ बराबरका शैक्षिक सामाग्री वितरण गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४     12:12:59 PM  |