28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

पुल नहुँदा सास्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

कोहलपुर, २६ भदौ, बाँकेको बैजनाथ–३ स्थित स्थानीय इन्टवा नालामा पुल नहुँदा स्थानीय वासीले सास्ती खेप्नु परेको छ । सो क्षेत्रको नौवस्ता र दाङपुरुवा जोड्ने उक्त नालामा पुल नभएका कारण आवागमनमा कठिनाई हुदाँ स्थानीयले सास्ती खेप्नु परेको हो ।
त्यो नालामा पुल नभएको सम्झिदा त कलेज जान पनि मन लाग्दैन स्थानीय विद्यार्थी विष्णु बुढाले भनिन् पुल बन्ने प्रतिक्षा गर्दा गदै धेरै समय वित्यो तर पुल बनेन उनले भनिन । अर्का स्थानीय शिक्षक किशोर कुमार थारुले पुल नभएकै कारण वर्षा मौसममा ३ किलो मिटरको दुरीमा रहेको बनकटुवा बजारमा जान ८ किलो मिटरको दुरी पार गरि जानुपर्ने बाध्यता रहेको बताए । अर्का स्थानीय विस्श्री थारुले पुल नहुँदा बजारमा किनमेल गर्न जाँदा निकै समस्या हुने गरेको बताइन् । भोट माग्न आउँदा त पुल बनाइदिन्छाँै भनेका थिए तर समस्या उस्तै छ उनले भनिन् । सो नालामा पुल नहुँदा नौवस्ता र दाङपुरुवाका विद्यार्थी तथा अन्य आवतजावत गर्ने मानिसहरुलाई समस्या भइरहेको छ । बैजनाथ गाउँपालिका–३ का वडा अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले उक्त स्थानमा ठुलै समस्या रहेको र सो क्षेत्रको समस्या बाँकेका सभासदद्वय दल बहादुर सुनार र देवराज भारलाई समेत अवलोकन गराएको बताए । पुल निर्माण गर्ने बारे हामीले प्रयास गरिरहेको उनले भने । इन्टवा नालाले उक्त क्षेत्रको खेत समेत वर्षेनी कटान गरिरहेको स्थानीय वासीले बताएका छन् ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     12:02:42 PM  |