बर्दिया/ बाँसगढी नगरपालिकाले सम्पत्ति तथा भुमि कर प्रणाली लागु गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को भदौ १ गतेदेखि सम्पति कर तथा भुमि कर संकलन सुरु गरेको हो ।
नगरपालीकाले भुमिकरलाई ३४ र सम्पती करलाई ८ क्षेत्रमा वर्णिकरण गरे अनुसार करको दायरा निर्धारण गरी कर संकलन गरिरहेको जनाएको छ । हाल सम्म सोस्फुर्त रुपमा करिब २ लाख ५० हजार कर संकलन भएको जनाईएको छ ।
समुदायहरुलार्ई करको दायरामा ल्याउन र करलाई सरल र सहज बढाउन ३ स्थानबाट कर संकलन गरिने योजनाका साथ अगाढी बढेको नगर प्रमुख सालिकराम अधिकारीले जानकारी दिए ।
नगरपालिकाले साउन १ गते देखि कर लागु गरे पनि बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कर प्रणालीको शुभारम्भ गरेको छ ।
स्थानीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोतम नेपाल, उपसचिव बिष्णुदत्त गौतम, नेपाल नगरपालिका संघका कार्यकारी सचिव कलानिधि देवकोटा, बारबर्दिया नगरपालिका प्रमुख दुर्गा प्रसाद थारु, बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी, वडाका वडा अध्यक्षहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारु लगायतको सहभागितामा सम्पति तथा भुमि कर संकलनको शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियो ।
शुभारम्भ कार्यक्रममा स्वस्फुर्त रुपमा कर बुझाउने पहिलो करदताको रुपमा मेनुका गाहा र सबै भन्दा बढी कर बुझाउने प्रकाश शर्मालाई सम्मान समेत गरिएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले संघियतामा विकासको पहिलो खुड्कीलो नै सुधृढ कर प्रणाली भएकाले सम्पत्तिको कर तिर्न आवस्यक रहेको बताए ।
उनले स्थानीय तहलाई सम्पत्तिको कर र उत्पादन(लागत) कर निकै जरुरी रहेको बताए । मन्त्रालयका उपसचिव विष्णुदत्त गौतमले करले स्थानीय तहको विकासमा सहयोग पु¥याउने भन्दै वैज्ञानिक आधारमा सम्पत्तिको प्रमाणित गरि कर तिर्ने व्यवस्था स्थानीय तहले गर्नुपर्ने बताए ।
उनले स्थानीय तहले सम्पत्ति कर तिर्दा करदातालाई कुनै अप्ठ्यारो नहुने औंल्याए । नगर प्रमुख शालिकराम अधिकारीको अध्यक्षतामा भएको शुभारम्म कार्यक्रमको सञ्चालन सुचना अधिकारी शेरबहादुर केसीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्