14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

कोहलपुर माविद्वारा बाढीपीडितलाई सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

कोहलपुर, २६ भदौ, कोहलपुर नगरपालिका–११ एन.टि.भी.रोड स्थित सार्वजनिक शैक्षिक गुठी कोहलपुर माविले आइतबार बाँकेका बाढी पीडितहरुलाई राहत रकम हस्तानतरण गरेको छ ।
पीडितहरुलाई राहत स्वरुप विद्यालयले रेडक्रस मार्फत रु १६ हजार ५ सय पैतालीस रकम हस्तान्तरण गरेको हो ।
विद्यालयको जुरेस कोषबाट ५ हजार , शिक्षक–शिक्षिकाहरुबाट संकलित रु ६ हजार २ सय पाँच र विद्यार्थीहरुबाट संकलित रु ५ हजार ३ सय चालीस गरी जम्मा १६ हजार ५ सय पैतालीस रकम बाढीपीडितहरुलाई हस्तान्तरण गरिएको हो । संकलित रकम विद्यालयका प्रअ रतन बहादुर शाही, विव्यस अध्यक्ष रेशम सापकोटा र शिक्षक नायक विजय सिंह गुरुङले संयूक्त रुपमा नेपाल रेडक्रस सोसाइटी उप–शाखा कोहलपुरकी उप सभापति गौरा भट्टराईलाई हस्तान्तरण गरेको विद्यालयका प्रअ रतन बहादुर शाहीले जानकारी दिए । विपद्मा परेकालाई सहयोग गर्नु मानविय धर्म भएकोले पनि उनीहरुलाई केही मात्रामा भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यले रकम हस्तान्तरण गरिएको प्रअ शाहीले बताए ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     12:00:32 PM  |