18 September 2021  |   आइतवार, अशोज ३, २०७८

घरेलु उद्योगकोे संरक्षण गर्न आवश्यक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

कोहलपुर, २६ भदौ, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य पूर्णबहादुर भण्डारीले उद्यमीले उत्पादन गरेका बस्तुहरु राज्यले विदेश निर्यात गराउन सहयोग गर्नुपर्ने बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले नेपालगन्जमा गरेको राज्य पुनरसंरचना, संक्रमणकाल र नेपाली उद्योगहरुको दिनचर्या विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भण्डारीले सो कुरा बताएका हुन् ।
उनले पछिल्लो समय महिला उद्यमीको सख्या बढ्दै गएकोमा खुशी व्यक्त गरे । महासंघ बाँकेका अध्यक्ष अशोक बिष्टको अध्यक्षतामा सुरु भएको सो अन्तरक्रियामा खुला सिमानाको कारण सीमापारीको बजारबाट अनाधिकृत रुपमा भित्रिने विभिन्न सामानहरुको कारण नेपाली उद्योग सुक्दै गएको, लगानी सुरक्षित नभएको जस्ता गुनासाहरु सहभागी उद्योगीहरुले व्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कमलप्रसाद घिमिरेले बाँकेमा उद्योग सञ्चालनका लागि विभिन्न कार्यक्रमको लागि यो वर्ष ४७ लाख छुट्याइएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय वाणिज्य वंैक शाखा कार्यालय त्रिभुवनचोकका ललितबहादुर शाही, जिल्ला वनस्पति कार्यालय बाँकेका सहायक रसायनविद् अशोक वावु सापकोटा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     11:59:07 AM  |