22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

प्रहरीद्वारा सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४  

कोहलपुर, २४ भदौ ,  बाँकेमा २१ किलो चरेससहित पक्राउ परेका दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको लागु औषध चरेस सहित बुधबार उनीहरुलाई पक्राउ गरेको थियो ।
संघिय प्रहरी इकाई कार्यालय नेपालगञ्जले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा उनीहरुबाट बरामत गरेको २१ किलो चरेस पनि प्रदर्शन गराइएको थियो ।
डुडुवा गाउँपालिका–२ नौरीगौरीबाट भारततर्फ चरेस निकासी गर्दै गरेको अवस्थामा डुडुवा गाउँपालिका–२ का ५४ वर्षका फेरन अहिर र सोही ठाउँकै ७० वर्षका मुरी अहिरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामत गरेको चरेसको मूल्य अन्दाजी ३ लाख ६० हजार रुपैयाँ बराबरको रहेकोे छ ।

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     12:13:36 PM  |